कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचा नगरपालिकालाई पुर्व मेयर ढकालको सहयोग

सुन्दरहरैंचा । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको मोरङको सुन्दरहरैंचा नगरपालिकालाई  कार्यालय सामग्री हस्तान्तरण गरिएको छ ।  पूर्वनगर प्रमुख शिवप्रसाद ढकालको पहलमा नगरपालिकालाई स्टिल दराज १० थान, टेवल कम्प्युटर १० थान र प्रिन्टर चार थान हस्तान्तरण गरिएको हो । नगरपालिकालाई आरएनजी कंक्रिट प्रालिले १० थान दराज, १० थान टेवल कम्प्युटर उपलब्ध गराएको छ ।  सुन्दरहरैंचाको सहारा पूर्वाञ्चल […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचा नगरपालिकको भवन जलेपछी ढोकाबाट सेवा सुरु

सुन्दरहरैंचा । जेनजी आन्दोलनका क्रममा मोरङको सुन्दरहरैंचा नगरपालिकाको भवनमा तोडफोड र आगजनी भएको छ। भवन क्षतिग्रस्त भएपछि नगर प्रशासनले वैकल्पिक उपायमार्फत सेवा दिन थालेको छ। बिहीबारदेखि प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने स्वयं कार्यालयको मुख्य प्रवेशद्वारमै बसेर सेवाग्राहीलाई आवश्यक कामकाज गराइरहेका छन्। भवनभित्रका कोठा प्रयोगयोग्य नभएपछि ढोकाबाटै सेवा दिने व्यवस्था गरिएको हो। नगरपालिकाले जनताको दैनिक प्रशासनिक […]

कोशी प्रदेश मुख्य समाचार

म जिउँदै छु : मेयर केदार गुरागाई

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाईले जेनजी समूहको आन्दोलनमा अराजक तत्त्वहरुले सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड गरेको बताएका छन्। शनिबार सुन्दरहरैंचा उद्योग वाणिज्य संघले आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मेयर गुरागाईले आफ्नो घरमा समेत तोडफोड भए पनि व्यक्तिगत क्षतिभन्दा राष्ट्रका सम्पत्तिहरु नष्ट भएकोमा आफूलाई दुःख लागेको बताए। उनले भने, “मेरो घर […]

कोशी प्रदेश मुख्य समाचार समाचार

सुन्दरहरैंचाका पुर्व मेयर शिव ढकालको घरमा तोडफोड

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाका पुर्व मेयर शिवप्रसाद ढकालको घर तोडफोड भएको छ । मंगलबार दिउँसो पुर्व मेयर ढकालको घर तोडफोड भएको हो । जेनजी समुहले मंगलबार बिहान देखिनै सुन्दरहरैंचामा विरोध प्रदर्शन गरिरहेका छन । सुन्दरहरैंचामा मेयर केदारप्रसाद गुरागाईको घर समेत तोडफोड भएकोछ ।

कोशी प्रदेश मुख्य समाचार समाचार

सुन्दरहरैंचा मेयर केदारप्रसाद गुरागाईको घर तोडफोड

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाईको घर जेनजी प्रदर्शनकारीहरुले तोडफोड गरेका छन । मंगलबार बिहान देखि सुन्दरहरैंचामा प्रदर्शनकारीहरुले विरोध गरिरहेका छन । मेयर गुरागाईको घरको झ्याल प्रदर्शनकारीहरुले तोडफोड गरेका छन ।