कोशी प्रदेश मुख्य समाचार

केराबारीमा विद्यालय हिँडेका बालकलाई खोलाले बगायो

केराबारी ।  माेरङकाे केराबारी गाउँपालिकामा विद्यालय जाँदै गरेका एक जना बालकलाई खोलाले बगाएको छ । बालकलाई खोलाले बगाउँदा उनको ज्यान गएकाे छ । वडा नं ४ याङ्सिलाका चित्रबहादुर राईका छोरा ११ वर्षीय श्याम राईलाई स्कुल जाने क्रममा गोविने खोलाले बगाएको हो । उनी कक्षा ६ मा अध्ययनरत थिए ।

कोशी प्रदेश मुख्य समाचार

बुढिखोलामा महिलाको शव फेला

इटहरी । सोमबार रातिदेखी आएको बाढीले बगाएर एकजनाको मृत्यु भएको छ। बुढिखोलामा बाढीले बगाएको दाउरा संकलन गर्ने क्रममा अन्य दुईजना बेपत्ता भएका छन् भने दुई जनाकाे उद्धार गरिएकाे छ । बढीले बगाएर मृत्यु भएकी महिलाको पहिचान भने खुलेको छैन। बेपत्ता भएकाहरुको खोजी गर्न प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा मकैबारीमा पुरुषको शव फेला

सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिका वडा नं ११ स्थित सुकुम्बासी टोल बस्ने ६६ वर्षीय पुरुषको आइतबार राति शव फेला परेको छ ।  घर नजिकै रहेको मकैबारीमा घाँस काट्दै गरेको अवस्थामा साँझ ६ बजे  छत्रबहादुर श्रेष्ठको शव भेटिएको प्रहरीले जनाएको छ । श्रेष्ठको शवलाई पोस्टमार्टम गर्नका लागि मङ्गलवारे अस्पताल लगिएको प्रहरीले जनाएको छ । घटना बारे थप […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा “उत्कृष्ट ढुकुर जोडी” कार्यक्रम

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाले “उत्कृष्ट ढुकुर जोडी” कार्यक्रमलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ । नगरले चौधौं नगर सभाको ०८१/०८२ को बजेट मार्फत उक्त कार्यक्रम ल्याएको हो । नगरमा सम्बन्ध विच्छेदका घटनालाई न्यूनीकरण गर्नका लागि न्यायिक समितिका नितिहरु मार्फत सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईले सो कार्यक्रम अगाडि ल्याएका हुन । नगरले आज सोमबार चौधौं […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचाको बजेट १ अर्ब ८२ करोड

सुन्दरहरैंचा । मोरङको  सुन्दरहरैंचा नगरपालिकाले आगामी आर्थिक वर्ष ०८१/०८२ का लागि १ अर्ब ८२ करोड ६१ लाख ७९ हजार २ सय ४८ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।  नगरपालिकाको सोमबार भएको चौधौ नगरसभामा उपमेयर अकली चौधरीले सो बजेट प्रस्तुत गरेकी हुन् । चौधौ नगर सभाले चालू खर्च तर्फ रु ७५ करोड २९ लाख ४३ […]