कोशी प्रदेश मुख्य समाचार

इन्द्रपुर जेसीजले वितरण गर्न थाल्यो कपडा

सुन्दरहरैंचा । इन्द्रपुर जेसीजले संकलन गरेको कपडा वितरण गर्न शुरु गरेको छ । सुन्दरहरैंचामा रहेको इन्द्रपुर जेसीज र जुनियर जेसीजको आयोजनामा स्थापना भएको जेसीआई कपडा बैंकमा ५ हजार जोर भन्दा बढी कपडा सङ्कलन भएको थियो । उक्त संकलन भएको कपडालाई जेसीजले आइतबारदेखि वितरण गर्न शुरु गरेको इन्द्रपुर जेसीजका अध्यक्ष आकाश दुलालले बताए । हुनेले दिने […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचा विराट एक्स्पो-४ संग सहकार्य गर्दै स्थानिय सञ्चारकर्मीहरू

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा माघ ३० गते देखि फागुन १० गते सम्म एक्स्पो सञ्चालन हुने भएको छ । सुन्दरहरैंचा उधोग वाणिज्य संघको आयोजनामा १० दिन सम्म सुन्दरहरैंचा विराट एक्स्पोको चौथो संस्करण सञ्चालनमा आउन लागेको हो । एक्स्पोलाई सफल बनाउन आयोजक सुन्दरहरैंचा उधोग वाणिज्य संघले विभिन्न संघ सस्था सग सहकार्य गर्दै अघि बढ्ने नीति अवलम्बन […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा वडा नं. ८ स्थित सलकपुरमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । ७१ वर्षिय हरीप्रसाद घिमिरेको हात्तीले ज्यान लिएको छ । सलकपुर बजारबाट ५०० मिटर भित्र बस्तीमा राती १२ः३० मा घिमिरे आफ्नै घरमा ढोका खोलेर बाहिर निस्कदा हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्युभएको वडा सदस्य कुमा दाहालले बताउनुभयो ।

कोशी प्रदेश मुख्य समाचार

उद्घाटन नभई शिल्पी थिएटरमा आगलागी

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं  ८ स्थित सलकपुरमा निर्माणाधिन अवस्थामा रहेको शिल्पी थिएटरमा आगजनी भएको छ । नाटकका लागि निर्माण गरिएका घरमा आगजनी भएको हो ।  उद्घाटन समेत नभई यो संरचनामा क्षति पुग्नु दुखद भएको छ । आगजनी कसले गर्‍यो भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा सार्वजनिक सुनुवाई सम्पन्न

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाको आ.व. २०८१/८२ को पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाबाट प्रवाह हुने सेवालाई स्वच्छ, पारदर्शी र वस्तुनिष्ठ बनाउन तथा सर्वसाधारण र सरोकारवालाको राय-सुझाव नबुझेको कुरालाई प्रस्ट्याउने, नागरिकको प्रश्न र जिज्ञासालाई सम्बोधन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। सुनुवाइमा जिज्ञासा राख्दै उर्मिला सुवेदीले सामुदायिक विद्यालयका विद्यार्थीको एउटै पोसाक राख्न […]