कोशी प्रदेश मुख्य समाचार

नगरबासीको हितका लागि काम गर्नेछु : प्रमुख प्रशासकिय अधिकृत शशि राई

मोरङको पथरीशनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शशि राईले आफु नगरबासिको हितलाई ध्यानमा राखेर काम गर्ने प्रतिवद्धता जनाएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयबाट केहि हप्ताअघि मात्र पथरीशनिश्चरे नगरपालिकामा आएका उनले आज नगरमा क्रियशिल पत्रकारहरुसंगको भेटमा उक्त प्रतिवद्धता जनाएका हुन् । उनले आफु नगरमा आएपछि नगरमा संकलन हुने कर जनताको सूचनाको लागि बोर्डमा लेखेर […]

कोशी प्रदेश खेल मुख्य समाचार

सुन्दरहरैंचा नगरखेलकुद विकास गठनमा विवाद

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाले नगरखेलकुद विकास समितिमा खेलकुद विकास समितिको विधान विपरित सदस्य सचिवमा एक जना व्यक्तिलाई नियुक्ती गर्ने निर्णय गरेपछी  विवाद उत्पन्न भएको छ । सुन्दरहरैंचा नगरपालिकाले खेलकुद क्षेत्र भन्दा बाहिरको मान्छेलाई खेलकुद विकास समितिमा नियुक्ती गर्ने निर्णय सार्वजनिक भएपछी विवाद उत्पन्न भएको हो । सुन्दरहरैंचा नगरपालिकाले जारी गरेको नगरखेलकुद ऎन २०७९ मा […]

मुख्य समाचार समाचार

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालाेमाेसाे

काठमाडौं । विवादास्पद अभिव्यक्ति दिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिहरुले काठमाडौंमा कालोमोसो दलेका छन् । राजधानीको एक होटलमा प्रसाईंले पत्रकार सम्मेलन राखेका थिए । कार्यक्रम हलबाट बाहिरिए लगत्तै उनलाई अज्ञात व्यक्तिहरुले कालोमोसो दलेका हुन् । इजरायलबाट नेपाली नागरिकको उद्दार गर्न प्रसाईं आफै इजरायल जाने विषयमा प्रसाईंले आज पत्रकार सम्मेलन गरेका थिए । उनी […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा बसले ठक्कर दिंदा एकजना घाइते

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा शुक्रबार बिहान बसले पैदलयात्रीलाई दिंदा एकजना घाइते भएका छन । घाइते हुनेमा सुन्दरहरैंचा वडा नं ७ बस्ने गजेन्द्र बहादुर बि.क. रहेका छन । शुक्रबार ७६ वर्षिय बि.क.लाई बाटो काट्ने क्रममा बेलगाछी छेउ स्थित पुर्बपश्चिम राजमार्गमा पश्चिमबाट पुर्ब तर्फ जादै गरेको प्र. २-०३-००१ ख ५५५० न.को बसले ठक्कर दिएको प्रहरीले जनाएको छ […]

कोशी प्रदेश मुख्य समाचार राजनीति

बेलबारी खानेपानीमा कार्कीको बलियो उम्मेद्बारी

बेलबारी । बेलबारी साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि असोज २७ गते निर्वाचन हुँदैछ । खानेपानीको अध्यक्ष पदका लागि तीन जनाले उम्मेद्बारी मनोनयन मंगलबार गरेका छन । नेपाली काङ्ग्रेसबाट किशोर कुमार कार्की, गठबन्धन ( नेकपा एमाले,माओबादी, समाजवादी) बाट दुर्गा प्रसाद गौतम, गठबन्धन (रास्वपा,राप्रपा) बाट भोला गौतमले उम्मेद्वारी मनोनयन दर्ता गरेका […]