सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका ४ मा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । आइतबार बिहान पौने ५ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ आउादै गरेको को १ ख ६१६९ नम्बरको बसले सोही दिशातर्फ आउँदै गरेका साइकलयात्री सुन्दरहरैंचा ५ बस्ने वर्ष ५२ का केदार थापालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा धरानस्थित […]
मुख्य समाचार
एमाले कोशीमा खतिवडा र ढकालको उम्मेद्वारी दर्ता
विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकालले मनोनयन दर्ता गरेका छन् । रामप्रसाद दङ्गालको प्रस्ताव र छत्रपति प्याकुरेलको समर्थनमा खतिवडाले मनोनयन दर्ता गराएका हुन् । मुकेश बुढाथोकीको प्रस्ताव र महेश भट्टराईको समर्थनमा ढकालले मनोनयन दर्ता गरेका हुन् । शुक्रबार देखि सुरू भएको अधिवेशनको निर्वाचनको समय भने भोलिका लागि तोकिएको […]
नबिल बैंकको शाखा कार्यालय गाेठगाउँमा
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ७ मा नबिल बैंकको शाखा विस्तार भएको छ । शुक्रबार बैकले गोठगाउमा आफ्नो शाखा विस्तार गरेको हो । गाेठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालय परिसरमा नबिल बैंकको २६६ औँ शाखा खुलेको हो । बैंकिङ पहुँच तथा सेवा विस्तार रणनीतिका साथ गोठगाँउमा शाखा विस्तार गरिएको नबिल बैंकले जनाएको छ । नबिल […]
बाघझोडामा स्कुटर दुर्घटना हुँदा एकजना घाइते
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं १० स्थित खोर्साने उतर तर्फ रहेको बाघझोडामा शुक्रबार दिउसो स्कुटर र पिकअप दुर्घटना हुँदा एकजना घाइते भएका छन । केराबारी-खोर्साने सडक खण्डको बाघझोडामा शुक्रबार दिउसो स्कुटर र पिकअप गाडी एक आपसमा ठोक्किएको हो । शुक्रबार दिउसो केराबारी जादै गरेको प्रदेश १-०२-००२ च ४४१२ नम्बरको पिकअपले पुर्वबाट पश्चिम तर्फ […]
डेटिङ गएका स्वास्थ्य शाखा प्रमुखलाई श्रीमतीले देखेपछी…..
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत लाई उनकि श्रीमतीले भकुरेकि छिन । एक जना महिला कर्मचारीसँग जंगलमा ‘डेटिङ’ गएको बेला श्रीमतीले बस्नेतलाई फलो गर्दै गएर फेला पारेकि हुन । नगरमा कार्यरतसिनियर अहेव (अधिकृत) बस्नेतलाई नगरकै स्वास्थ्य शाखामा कार्यरत एक महिला कर्मचारीसँग बस्नेतकी श्रीमतीले जंगलमा भेटेपछि बस्नेतलाई लछार पछार पर्दै भकुरेको भिडियो […]





