कोशी प्रदेश मुख्य समाचार

इन्द्रपुर जेसिजमा अभिमुखिकरण तालिम सम्पन्न

सुन्दरहरैंचा । इन्द्रपुर जेसिज द्वारा आयोजित अभिमुखिकरण  तालिम कार्यक्रम शनिबार इन्द्रपुर जेसिज सचिवालयमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम मार्फत इन्द्रपुर जेसिज मा ३० जना तथा इन्द्रपुर जुनियर जेसिज मा २० जना गरी जम्मा ५० जना नयाँ सदस्यहरू औपचारिक रूपमा आबद्ध भएका छन्। कार्यक्रममा अध्यक्षता इन्द्रपुर जेसिजका अध्यक्ष समिर बस्नेतले गरेका थिए भने प्रमुख अतिथि जेसी […]

कोशी प्रदेश मुख्य समाचार

पत्रकार बाबुराम निरौला सम्मानित

सुन्दरहरैँचा । नेपाल पत्रकार महासंघ मोरङ्गका सदस्य बाबुराम निरौला सम्मानित भएका छन् । मङ्गलबार मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. ८ सलकपुरमा रहेको क्वेस्ट माध्यमिक विद्यालयको १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा पत्रकार निरौला नगद तथा सम्मान–पत्रले सम्मानित भएका हुन् ।  वार्षिकोत्सव कार्यक्रममा जेष्ठ नागरिक आमा पवित्रा देवी ढकाललाई समेत सम्मान गरिएको छ । कार्यक्रममा […]

कोशी प्रदेश मुख्य समाचार

सगरमाथा युवा क्लबको अध्यक्षमा जनार्दन बस्तोला

सुन्दरहरैंचा । सगरमाथा युवा क्लबको साधारण सभा आज सम्पन्न भएको छ। सभाले जनार्दन बस्तोला (भरत) को अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ। साधारण सभामा क्लबका संस्थापक अध्यक्ष तथा सुन्दरहरैंचा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यतामा  सभाको अध्यक्षता कार्यवाहक अध्यक्ष ऋषि काफ्लेले गरेका थिए । कार्यक्रममा नव–निर्वाचित अध्यक्ष जनार्दन बस्तोलाले सगरमाथा […]

कोशी प्रदेश मुख्य समाचार

इन्द्रपुर जेसिजको अध्यक्षमा समीर बस्नेत विजयी

सुन्दरहरैंचा । इन्द्रपुर जेसिजको अध्यक्षमा समीर बस्नेत निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा बस्नेत निर्वाचित भएका हुन । जेसिजको अन्य पदमा सर्वसम्मत चयन भएका थिए भने अध्यक्षमा समीर बस्नेत र पार्वती गच्छदारले उम्मेद्बारी दिएका थिए । बस्नेतले ३६ मत प्रप्त गरेका थिए भने गच्छदारले ९ मत प्राप्त गरेका थिए । ६५ जना मतदाता मध्ये […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैँचामा हात्तीको आक्रमणबाट घिमिरेकाे मृत्यु

सुन्दरहरैंचा । माेरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। संगम टोल निवासी ६० वर्षीय भवकृष्ण घिमिरेलाई हात्तीले आक्रमण गरेको हो। स्थानीयका अनुसार दूध बेच्न जाँदै गर्दा बिहान करिब ५ बजे हात्तीले घिमिरेमाथि आक्रमण गरेको थियो। शुक्रबार दिउँसो देखि हात्तीको बथान जंगल क्षेत्र भन्दा करिब ९ किलोमिटर दक्षिण मानव वस्तिमा प्रवेश गरेको […]