कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा कुकुर बन्ध्याकरण कार्यक्रम सुरु

सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिकामा मंगलबारदेखि कुकुर बन्ध्याकरण कार्यक्रम सुरु गरिएको छ। नगरका १२ वटै वडाबाट कुकुरहरू संकलन गरी नगरपालिकाको पशु स्वास्थ्य शाखामा लगेर बन्ध्याकरण प्रक्रिया अघि बढाइएको हो। कार्यक्रम अन्तर्गत २०० भन्दा बढी कुकुरहरूको बन्ध्याकरण गरिने योजना रहेको छ। मंगलबार साबिक सुन्दरदुलारी क्षेत्रका कुकुरहरूको बन्ध्याकरण गरिएको छ भने भोलि (बुधबार) साबिक कोशीहरैंचा क्षेत्रतर्फका कुकुरहरूमा बन्ध्याकरण […]

कोशी प्रदेश मुख्य समाचार राजनीति

सुन्दरहरैंचाका मेयर गुरागाईको दाबी : “म सबैभन्दा पपुलर मेयर”

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईले आफू सबै नगरप्रमुखहरूभन्दा लोकप्रिय भएको दाबी गरेका छन्। नेकपा एमाले सुन्दरहरैंचा नगर कमिटीको नयाँ कार्यसमितिको सपथग्रहण कार्यक्रममा बोल्दै उनले भने, “सबै मेयरमध्ये म नै सबैभन्दा पपुलर छु।” उनल्व विकासका काममा अन्य पालिका भन्दा सुन्दरहरैंचा पपुलर भएको बताएका हुन् । गुरागाईले पार्टीले टिकट दिए आगामी स्थानीय तह निर्वाचन […]

कोशी प्रदेश मुख्य समाचार

पाथीभरा क्षेत्र विकास समिति सम्मानित

पाँचथर । धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै पाथीभरा क्षेत्र विकास समितिलाई नेपाल ज्योतिष परिषद् कोशी प्रदेशले सम्मान गरेको छ । परिषद्ले पाँचथरको फिदिममा आज आयोजना गरेको ‘ज्योतिष, वास्तु, धर्मशास्त्र तथा धार्मिक पर्यटन प्रवर्द्धन कार्यक्रम’ मा समितिलाई सम्मान प्रदान गरेको हो । समितिले लामो समयदेखि धार्मिक पर्यटनको विकासमा पुर्‍याएको योगदानको […]

कोशी प्रदेश मुख्य समाचार

विराटचौक बजार क्षेत्रमा धुलो: सडक खनेर अवरुद्ध

सुन्दरहरैंचा ।  विराटचौक–विराटनगर हुँदै घिनाघाटतर्फ जाने मुख्य सडक खण्डको सुन्दरहरैंचास्थित विराटचौक बजार क्षेत्रमा सडक निर्माणको क्रममा अत्यधिक धुलो उड्न थालेपछि स्थानीय व्यवसायी र बासिन्दा आक्रोशित बनेका छन्। धुलो नियन्त्रणका लागि भन्दै सुन्दरहरैंचा उद्योग वाणिज्य संघको अगुवाइमा दुवै तर्फ सडक खनेर आवागमन पूर्ण रूपमा अवरुद्ध गरिएको हो। निर्माण कार्य जारी रहे पनि आवश्यक सुरक्षात्मक उपायहरू नअपनाइएपछि […]

कोशी प्रदेश मुख्य समाचार

विराटचौकको अस्तव्यस्त सडकले जनजीवन कष्टकर

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका अन्तर्गतको मुख्य व्यापारिक केन्द्र विराटचौक बजार यतिबेला सडक अव्यवस्थाका कारण अस्तव्यस्त बनेको छ। घिनाघाट–विराटनगर सडकखण्डमा पर्ने उक्त बजार क्षेत्रको करिब ५०० मिटर सडक कालोपत्रे गर्ने कार्य ढिलाइ हुँदा स्थानीयवासी र व्यवसायीहरू हैरान भएका छन्। निर्माण कार्य लामो समयदेखि अधुरो रहँदा सडकमा बाक्लो धुलो उड्ने समस्या देखिएको छ। अत्यधिक धुलोका कारण […]