सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिकाले हालै मात्र सार्वजनिक गरेको तीन वर्षे उपलब्धिको बुकलेटपछि नगर प्रमुख केदार गुरागाईं आलोचनाको केन्द्रमा परेका छन्। नगरपालिकाले तीन वर्षमा सम्पन्न गरेका विकास गतिविधि, योजनाहरू र सेवा प्रवाहको विवरण सार्वजनिक गर्न बुकलेट सार्वजनिक गरे पनि नगरप्रमुख गुरागाईंको अभिव्यक्तिले जनमानसमा नकारात्मक धारणा बनाएको देखिएको छ। गुरागाईंले सार्वजनिक रूपमा सुन्दरहरैंचा नगरपालिकालाई “अन्य नगरभन्दा लोकप्रिय” […]
Author: इष्ट खबर संवाददाता
नयाँ वृन्दावन गौशालामा शिवालय मन्दिरको प्राणप्रतिष्ठा हुँदै
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका ५ मा अवस्थित नयाँ वृन्दावन गौशालामा शिवालय मन्दिरको प्राणप्रतिष्ठा तथा समाजसेवी रामप्रसाद काफ्लेको जीवनीमा आधारित पुस्तक ‘सेवाका सारथि’ को लोकार्पण हुने भएको छ। गौशालाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत कार्यक्रमको विवरण सार्वजनिक गरेको हो। संस्थापक संरक्षक दिनबन्धु शास्त्रीका अनुसार मन्दिरको प्राणप्रतिष्ठा वैशाख १८, १९ र २० गतेसम्म पण्डित भवानीशंकर निरौलाको […]
सुन्दरहरैंचामा कुकुर बन्ध्याकरण कार्यक्रम सुरु
सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिकामा मंगलबारदेखि कुकुर बन्ध्याकरण कार्यक्रम सुरु गरिएको छ। नगरका १२ वटै वडाबाट कुकुरहरू संकलन गरी नगरपालिकाको पशु स्वास्थ्य शाखामा लगेर बन्ध्याकरण प्रक्रिया अघि बढाइएको हो। कार्यक्रम अन्तर्गत २०० भन्दा बढी कुकुरहरूको बन्ध्याकरण गरिने योजना रहेको छ। मंगलबार साबिक सुन्दरदुलारी क्षेत्रका कुकुरहरूको बन्ध्याकरण गरिएको छ भने भोलि (बुधबार) साबिक कोशीहरैंचा क्षेत्रतर्फका कुकुरहरूमा बन्ध्याकरण […]
सुन्दरहरैंचाका मेयर गुरागाईको दाबी : “म सबैभन्दा पपुलर मेयर”
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईले आफू सबै नगरप्रमुखहरूभन्दा लोकप्रिय भएको दाबी गरेका छन्। नेकपा एमाले सुन्दरहरैंचा नगर कमिटीको नयाँ कार्यसमितिको सपथग्रहण कार्यक्रममा बोल्दै उनले भने, “सबै मेयरमध्ये म नै सबैभन्दा पपुलर छु।” उनल्व विकासका काममा अन्य पालिका भन्दा सुन्दरहरैंचा पपुलर भएको बताएका हुन् । गुरागाईले पार्टीले टिकट दिए आगामी स्थानीय तह निर्वाचन […]
१० महिनाभन्दा बढी समयसम्म भुक्तानी रोकिँदा निजी अस्पतालहरूको गुनासो, स्वास्थ्य बीमा सेवा बन्द गर्ने चेतावनी !
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत प्रदान गरिएका सेवाहरूको भुक्तानी १० महिनाभन्दा बढी समयसम्म रोकिँदा निजी अस्पताल तथा मेडिकल कलेजहरू आर्थिक संकटमा परेको भन्दै उनीहरूले स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा बन्द गर्ने चेतावनी दिएका छन्। एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई पठाएको पत्रमार्फत स्वास्थ्य बीमाअन्तर्गत लामो समयदेखि भुक्तानी नपाउँदा अस्पताल तथा मेडिकल […]





