सुन्दरहरैंचा । नेपाल ज्योतिष परिषद् कोशी प्रदेशका अध्यक्ष बाबुराम निरौला हालै सम्पन्न अन्तर्राष्ट्रिय ज्योतिष, वास्तु तथा तन्त्र सम्मेलनमा ‘वास्तु भूषण अवार्ड’बाट सम्मानित भएका छन्। विश्व ज्योतिष महासंघको आयोजनामा सम्पन्न उक्त सम्मेलनमा वास्तु विज्ञानको क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन गर्दै निरौलालाई सम्मान प्रदान गरिएको हो। निरौला विगत दुई दशकभन्दा बढी समयदेखि ज्योतिष, वास्तु र तन्त्रविद्यामा […]
Author: इष्ट खबर संवाददाता
सुन्दरहरैंचामा ‘उत्कृष्ट ढुकुर जोडी’को खोजी
सुन्दरहरैंचा । पती-पत्नीबीचको झगडा, लैंगिक हिंसा र पारिवारिक विवाद न्यूनिकरणका लागि सुन्दरहरैंचा नगरपालिकाले एक अनौठो कार्यक्रम सार्वजनिक गरेको छ। नगरपालिकाले ‘उत्कृष्ट ढुकुर जोडी’ छनोट गरी सम्मान गर्ने घोषणा गरेको हो। नगरपालिकाले सूचना जारी गर्दै समाजमा अनुकरणीय रूपमा सुखद दाम्पत्य जीवन बिताइरहेका जोडीहरूको पहिचान गरी सम्मान गर्ने लक्ष्यसहित यो कार्यक्रम ल्याइएको जनाएको छ। पछिल्लो समय न्यायिक […]
कानेपोखरीको जङ्गलमा एक पुरुष मृत फेला
कानेपोखरी । कानेपोखरी गाउँपालिका–५ का एक पुरुष जङ्गलमा मृत अवस्थामा फेला परेका छन्।निगुरो टिप्न भनी घरबाट हिँडेका ५२ वर्षीय जितलाल राजवंशी मङ्गलवार बिहान कानेपोखरीस्थित राष्ट्रिय वन क्षेत्रमा मृत फेला परेका हुन्। राजवंशी यही जेठ २ गते बिहान ७ः३० बजे घरबाट निगुरो टिप्न भन्दै निस्किएका थिए। तर, उनी त्यसपछि घर नफर्किएपछि परिवारले खोजतलास सुरु गरेको थियो। […]
विराटचोकमा डेस्टिनेशन एजुकेसन भिजा एण्ड सर्भिसेस सञ्चालनमा
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचास्थित विराटचोक बजारमा विदेश अध्ययनका इच्छुक विद्यार्थीहरूलाई लक्षित गर्दै ‘डेस्टिनेशन एजुकेसन भिजा एण्ड सर्भिसेस’ सञ्चालनमा आएको छ। साे सर्भिसेसका सञ्चालक रूपेश भट्टराईका अनुसार अष्ट्रेलिया, क्यानडा, जापान, अमेरिका, युके लगायतका मुलुकमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि यो परामर्श केन्द्र उपयुक्त गन्तव्य बन्ने विश्वास गरिएको छ। “पछिल्ला वर्षहरूमा यी मुलुकहरूमा अध्ययनका लागि जाने युवाको […]
एमाले सुन्दरहरैचा–४ को अध्यक्षमा शम्भु धमला चयन
सुन्दरहरैंचा । नेकपा एमाले सुन्दरहरैंचा नगरपालिका ४ नम्बर वडाको वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नयाँ वडा कमिटी गठन गर्दै शम्भु धमलाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ। नवगठित कमिटीमा हिमा देवी कोइराला उपाध्यक्ष, कमल न्यौपाने सचिव, तथा प्रकाश चौधरी र टिकाराम घिमिरे उप–सचिवमा चयन भएका छन्। वडा अधिवेशनपछि अध्यक्ष धमलाले संगठनलाई थप सशक्त, सक्रिय […]





