कोशी प्रदेश समाचार

बेलबारीका अधिकृत गणेशराज कार्कीको दमक सरुवा

बेलबारी । बेलबारीका प्रमुख प्रशासकिय अधिकृत गणेशराज कार्कीको दमक सरुवा भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको पत्रका कार्कीको दमक नगरपालिका सरुवा भएको छ । यस अघी दमकमा प्रमुख प्रशासकिय अधिकृत डम्मरुप्रसाद निरौला थिए । निरौलालाई मन्त्रालय तानेर कार्कीलाई पठाएको छ । कार्कीले हाल सम्म काम गरिरहेका स्थानिय तहमा नागरिक देखी […]

राजनीति

मोरङ काग्रेसको शुद्धिकरण अभियान तिब्र

विराटनगर । मोरङ काग्रेसले बिशेष आन्तरिक शुद्दिकरण अभियानको सुरुवात भएको छ । नेपाली कांग्रेस मोरङ जिल्ला कार्यसमितीले मोरङमा विशेष आन्तरिक शुद्दिकरण अभियानको आज पार्टी कार्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर सुरुवात गरेको हो । नेपाली काङ्ग्रेस मोरंगका कार्यबाहक सभापति भक्तिनाथ माझीको सभापतित्वमा सम्पन्न कार्यक्रमा मोरंगकालागि केन्द्रिय प्रतिनिधि तथा पार्टीका केन्द्रिय सह महामन्त्री महालक्ष्मी उपाध्याय (डिना) […]

स्वास्थ्य

केएमसीमा हेमोफिलिया भएकी बालिकाको जटिल शल्यक्रिया

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा हेमोफिलिया रोगबाट पीडित एक बालिकाको जटिल शल्यक्रिया गरिएको छ । काठमाडौंको शान्तिनगरकी ९ वर्षीया निधी भट्टराईको एपेन्डिसाइटिसको शल्यक्रिया सफलतापूर्वक गरिएको हो । हेमोफिलिया भनेको रगत जम्ने प्रक्रियामा त्रुटि भएको वंशाणुगत समस्या हो । यस्तो समस्या भएका व्यक्तिमा कुनै चोटपटक लाग्दा रगत रोकिन धेरै समय लाग्ने र अत्याधिक रगत […]

कोशी प्रदेश समाचार

लागुऔषध सहित बेलबारीका सनम गुरुङ पक्राउ

विराटनगर । लागुऔषध सहित प्रहरीले बेलबारीका सनम गुरुङलाई पक्राउ गरेको छ । गुरुङलाई हिजो शनिबार विराटनगरबाट प्रहरीले पक्राउ गरेको हो । बिराटनगर महानरपालिका-१६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा प्रदेश १-०२-०५२ प ७५९६ नम्बरको मोटरसाईकलमा रहेका गुरुङको साथबाट ९ सय १० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । लागुऔषध सहित […]

शिक्षा

इन्द्रपुर जेसिजको मल्टिच्यापटर तालिम सम्पन्न

सुन्दरहरैचा । इन्द्रपुर जेसिजको आयोजनामा मल्टिच्यापटर तालिम सम्पन्न भएको छ । शनिबार इन्द्रपुर जेसिजको सभाहलमा उक्त मल्टिच्यापटर तालिम सम्पन्न भएको हो । जेसिज क्षेत्र क अन्तर्गतका १४ वटा शाखाका प्रतिनिधिहरुलाई मल्टिच्यापटर तालिम उपलब्ध गराएको इन्द्रपुर जेसिजका महासचिव समिर बस्नेतले जानकारी दिए । इन्द्रपुर जेसिजको आयोजनामा भएको कार्यक्रममा नेपाल जेसिजको मुख्य प्रशिक्षक सुशिल तिम्सिना ट्रेनरको रुपमा […]