कोशी प्रदेश समाचार

लागुऔषध सहित बेलबारीका सनम गुरुङ पक्राउ

विराटनगर । लागुऔषध सहित प्रहरीले बेलबारीका सनम गुरुङलाई पक्राउ गरेको छ । गुरुङलाई हिजो शनिबार विराटनगरबाट प्रहरीले पक्राउ गरेको हो ।

बिराटनगर महानरपालिका-१६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा प्रदेश १-०२-०५२ प ७५९६ नम्बरको मोटरसाईकलमा रहेका गुरुङको साथबाट ९ सय १० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका गुरुङलाई नियन्त्रणमा लिएर सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *