सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाका निवर्तमान नगरप्रमुख शिवप्रसाद ढकालको छोरीले आफ्नो जन्मदिनमा न्यानो कपडा वितरण गरेकी छिन । निवर्तमान मेयर ढकालको छोरीको मंगलबार परेको १३ औ जन्मदिनको अवसरमा सुन्दरहरैंचा नगरपालिका वडा नं ९ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा आश्रित बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको हो । मंगलबार पाथिभरा स्वतन्त्र महिला समाजको ब्यानरमाअमेयर ढकालको छोरी सायना […]
Author: इष्ट खबर संवाददाता
सुकुना क्याम्पसमा ६९ प्रीन्ट रगत संकलन
सुन्दरहरैंचा । मोरङकाे सुन्दरहरैंचा स्थित सुकुना बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पूर्वविद्यार्थी समाजले “रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ ६९ प्रीन्ट रगत सङ्कलन गरी कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा पूर्वविद्यार्थी, नागरिक समाजका व्यक्तिहरू, अध्ययनरत विद्यार्थीहरू, शिक्षक, कर्मचारीहरू लगायतका व्यक्तिहरूले रक्तदान गरेका थिए । समाजका अध्यक्ष नारायण सुवेदीको अध्यक्षतामा भएको सो कार्यक्रममा […]
बेलबारीबाट सर्यो कोशी प्रदेश प्रहरी अस्पताल
बेलबारी । मोरङको बेलबारीमा रहेको कोशी प्रदेश प्रहरी अस्पताल सरेको छ । प्रदेश प्रहरी अस्पताल बेलबारीबाट सरेर सुनसरीको इनरुवामा सारिएको हो । एक वर्ष अगाडि मात्र बेलबारीमा ल्याएको कोशी प्रदेश प्रहरी अस्पताललाई इनरुवा स्थित जिल्ला समन्वय समितिको भवनमा लगिएको छ । सोमबार राती नै बेलबारीमा रहेको भवनबाट सामानहरु अन्यन्त्र लगिएको हो । बेलबारी स्थित पुरानो […]
तेह्रथुममा नोबेलको नि:शुल्क स्वास्थ्य शिविर
तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिकामा नोवेल मेडिकल कलेजको नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । म्याङलुङ नगरपालिकाको आयोजनामा र नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोगमा साथै तेह्रथुम जिल्ला अस्पतालको समन्वयमा दुई दिने बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । म्याङलुङ नगरपालिका स्थीत तेह्रथुम जिल्ला अस्पतालमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १११७ जना विरामीले स्वास्थ्य […]
केएमसीमा विश्वकै दुर्लभ क्यान्सरको विना चिरफार सफल उपचार
काठमाडौं । काठमाडौं मेडिकल कलेजमा विश्वकै दुर्लभ क्यान्सरको बिना चिरफार सफल उपचार गरिएको छ । काठमाडौंको कपनका ४९ वर्षीय दावा शेर्पाको कलेजोमा रहेको एक सेन्टिमिटर भन्दा सानो क्यान्सरको सेल नष्ट गरिएको हो । बिरामी शेर्पाको रेडियो फ्रिक्वेन्सी एब्लेसन प्रविधिबाट सफलतापूर्वक विश्वकै सानो दुर्लभ क्यान्सरको उपचार गरिएको केएमसीका इन्टरभेनसन रेडियोलोजी विशेषज्ञ डा.पंकज कालेले जानकारी दिए । […]





