मुख्य समाचार विजनेश

नेपालीरिका होटलमा खुल्यो सुविधा सम्पन्न सैलुन, सर्वसाधारणले ३०० मा कपाल काट्न पाउने

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा सुविधा सम्पन्न सैलुन तथा ब्युटि पार्लरको आज उद्घाटन गरिएको छ । वडा नं ९ मा रहेको नेपालीरिका होटलले सुविधा सम्पन्न सैलुन तथा ब्युटी पार्लर सञ्चालनमा ल्याएको हो । सैलुन तथा ब्युटी पार्लरमा Hair Cut, Facial, Hydra Facial, Makeup, Bridal-Makeup तथा Nail extension, Gel & Acrylic  Nail Extension, Deep Tissue Massage, […]

कोशी प्रदेश मुख्य समाचार

गछिया जेसीजको पदस्थापन कार्यक्रम सम्पन्न

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा स्थित गछिया जेसीजकाे पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रम आयाेजना गरी वर्ष २०२३ का अध्यक्ष प्रदिप विष्टकाे गलामा लगाएकाे चेन वर्ष २०२४ का अध्यक्ष ध्रुव निरौलाकाे गलामा लगाई पदस्थापन गरिएकाे हाे । जेसीजकाे विधान अनुसार एक व्यक्ति एक कार्यकाल रहने हुँदा हरेक वर्ष नयाँ कार्यसमिति चयन हुने गर्दछ […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा झाडु र शंख धुन बजाउदै जनता सडकमा

सुन्दरहरैंचा । नगरमा अत्याधिक रुपमा भ्रष्टाचार र कर वृद्धि भएको भन्दै मोरङको सुन्दरहरैंचा नगरपालिकाका स्थानियहरु हातमा झाडु र शंख धुन बजाउदै सडकमा निस्किएका छन । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ९ मा स्थापना भएको स्वतन्त्र युवा श्रमदान अभियानले शनिबार बिहान सुन्दरहरैंचा नगरपालिका क्षेत्रको पिएलओ मार्गमा सरसफाई कार्यक्रम आयोजना गरेको हो । उक्त अभियानमा आबद्ध स्थानियहरुले […]

कोशी प्रदेश

खेलकुद मन्त्री लिम्बुलाई पत्नी शाेक

लेटाङ । नेपाल सरकारका युवा तथा  खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई पत्नी शाेक परेको छ । मन्त्री लिम्बुकी धर्मपत्नी गंगामाया लिम्बुको ५८ बर्सको उमेरमा बिहिबार राती निधन भएको हो । लामो समय देखि लिभर क्यान्सरको उपचार गराईरहनुभएकी लिम्बुको घरैमा निधन भएको हो । लिम्बुको पार्थिब शरिर शुक्रबार अन्त्येष्टि गरिने पारिबारिक श्रोतले जानकारी दिएको छ ।

कोशी प्रदेश मुख्य समाचार

बराहक्षेत्रमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

बराहक्षेत्र ।  सुनसरीको बराहक्षेत्र नगरपालिकामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । वडा नं ५ स्थित सिमरवन जंगल नजिक हात्तीको आक्रमणबाट बिहिबार स्थानीयवासी ६९ वर्षीय भीमबहादुर विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । जंगलबाट घाँस लिएर आइरहेका उनीमाथि हात्तीले आक्रमण गरेको थियो ।  विष्टको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले […]