सुन्दरहरैंचा । नेपाल प्रेस युनियन मोरङमा पाँच जना सञ्चारकर्मीले औपचारिक रुपमा प्रवेश गरेका छन् । शुक्रबार बेलबारी नगरपालिका स्थित वेतना सिमसारमा भएको वनभोज कार्यक्रमका अवसरमा विभिन्न मिडिया हाउसमा काम गर्ने पाँच जना सञ्चारकर्मी युनियनमा प्रवेश गरेका हुन । लाइभ न्युजका अफताव अलि र कप्लेस यादव, ग्रामिण खबरकी रमा कार्की, मकालु टेलिभिजनकी रश्मी थापा, र वारपार […]
Author: इष्ट खबर संवाददाता
सलकपुरमा दुर्घटना, एक युवकको मृत्यु
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैचा स्थित सलकपुरमा भएको दुर्घटनामा एकजना युवकको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग स्थित सलकपुरमा बुधबार राति अन्दाजी १ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको मोटरसाइकल र बिपरित दिशा तर्फ जाँदै गरेको स्कर्पियो एकापसमा ठक्कर खाँदा बेलबारी नगरपालिका वार्ड नं २ बस्ने अन्दाजी २४ वर्षिय […]
धादिङमा ट्रक दुर्घटना: एकको मृत्यु तीनजना घाइते
धादिङ । धादिङको खनियाबास गाउँपालिका-५ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बा५ख ५९६३ नम्बरको ट्रक दुर्घटना हुँदा खनियाबास गाउँपालिका-५ सिमी बस्ने ४६ वर्षीय ल्वाङ लामाको मृत्यु भएको प्रहरीले जनाएको छ । दाउरा बोकेको ट्रक खनियाबास गाउँपालिका-५ मा दुर्घटना भएको हो । ट्रक सडकबाट झन्डै ३० […]
अरनिको हस्पिटलबाटै आइसियु सेवा सुरु
उर्लाबारी । मोरङको विराटनगर बाहिर पहिलो पटक अरनिको हस्पिटलले आइसियु सेवा सञ्चालनमा आएको छ । भेन्टिलेटरसहितको ६ बेडको आइसियु सेवा सुरु भएको बरिष्ठ विशेषज्ञ डाक्टर सन्दिप अधिकारीले जानकारी दिए । एक करोडभन्दा बढी रकम खर्च गरेर हस्पिटलले आइसियु सञ्चालन ल्याएको छ । एकपछि अर्को सुविधा विस्तार गर्ने क्रममा आइसियु सेवा विस्तार गरिएको अरनिको हस्पिटल अघि […]
मोरङको पथरीशनिश्चरेमा दुर्घटना, वृद्धाको मृत्यु
पथरी । मोरङको पथरीशनिश्चरेमा बुधबार दिउँसो यात्रुबहाक बसले सीटी सफारीलाई ठक्कर दिँदा एक जना वृद्धा महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत पथरीशनिश्चरे नगरपालिका–१ मा दिउँसो १२ बजेतिर दुर्घटना भएको हो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ ख ७८३५ नम्बरको बसले पश्चिमतर्फ नै आउँदै गरेको प्रदेश १–०१–००२ ह ११४८ नम्बरको सीटी सफारीलाई ठक्कर दिएको […]





