कोशी प्रदेश मुख्य समाचार राजनीति

राष्ट्रिय सभा: कोशी प्रदेशमा सिटौला विजयी

विराटनगर । कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा कृष्ण प्रसाद सिटौला विजयी भएका छन् । बिहीबार सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार उनले राप्रपाका उम्मेदवार उद्धव पौडेललाई पराजित गर्दै राष्ट्रियसभामा सिट सुरक्षित गरेका हुन् ।  सिटौलाले प्रदेशतर्फ ४५ सांसदको मत र स्थानीय तर्फ १५३ मत पाउँदा  उद्धवले प्रदेश तर्फ ४७ सांसदको मत र स्थानिय तर्फ १०९ मात्र मत पाए […]

कोशी प्रदेश मुख्य समाचार राजनीति

राष्ट्रिय सभा निर्वाचन: कोशी प्रदेशमा मतगणना शुरु

विराटनगर । कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतगणना सुरु भएको छ । केहीबेर अघि मतगणना सुरु भएको हो । बिहान ९ बजेदेखि सुरु भएको कोशी प्रदेश राष्ट्रियसभा निर्वाचनमा ३ जना स्थानीय तहका प्रतिनिधि बाहेक सबैले मतदान गरेका छन् ।

कोशी प्रदेश राजनीति

राष्ट्रिय सभा निर्वाचन: कोशी प्रदेशमा मतदान शुरु

विराटनगर । राष्ट्रिय सभा सदस्य पदका लागि बिहीबार कोशी प्रदेशमा मतदान सुरु भएको छ । सत्ता गठबन्धनबाट कोशी प्रदेशको अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलातर्फ माओवादीकी चम्पा कार्की उम्मेदवार छन् । यस्तै नेकपा एमाले र राप्रपा भित्र चुनावी तालमेल भएको छ ।  सिटौलाविरुद्ध राप्रपाका उद्धव पौडेल र कार्कीसँग एमालेकी रुक्मिणी कोइराला भिड्दै छन् । 

कोशी प्रदेश मुख्य समाचार

ग्रामथान गाउँपालिका अध्यक्ष थारु बेहोस भएर ढले

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारु बेहोस भएर ढलेका छन् । विराटनगर स्थित होटल स्ट्रन स्टारमा उनी बुधबार साँझ ७:१० बजेतिर बेहोस भएर ढलेका थिए । होटलमा खाना खाने बेलामा थारु अचानक बेहोस भएपछि उपचारका लागि पारस अस्पताल लगिएको थियो । त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि विराटनगरकै नोबेल शिक्षण अस्पताल लगिएको […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचाको भट्टीपुलमा दुर्घटना हुँदा एकजना घाइते

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १ स्थित भट्टीपुलमा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते भएका छन । हरैचामा रहेको भट्टीपुल स्थित घिनाघाट बिराटचोक भित्री पक्की सडक खण्डमा उत्तर बाट दक्षिण  तर्फ जाँदै गरेको  को ३८ प ४६४  नं. को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक बुढीगंगा गाउँपालिका वडा नं ३ बाँसबारी […]