मुख्य समाचार शिक्षा

सुन्दरहरैंचा एनप्याब्सनद्वारा हस्तलेखन प्रतियोगिता सम्पन्न

सुन्दरहरैंचा । सुन्दरहरैंचा एनप्याब्सन नगर समितिले नगर स्तरिय हस्तलेखन प्रतियोगिता सम्पन्न गरेको छ । एनप्याब्सन सुन्दरहरैंचाले नेपाली तथा अङ्ग्रेजी दुवै माध्यममा मंगलबार सुन्दरहरैंचाको मदरल्यान्ड स्कुलमा  हस्तलेखन प्रतियोगिता सम्पन्न गरेको हो । सुन्दरहरैंचा नगरपालिकाका प्रवक्ता रोशनप्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एनप्याब्सनमा आबद्ध रहेक्का विधालयहरुका ४० जना विधार्थीहरुले सहभागिता रहेको एनप्याब्सन सुन्दरहरैंचाका सचिव ईश्वर ओझाले बताए […]

कोशी प्रदेश मुख्य समाचार

कान्तिपुर पब्लिकेशनमा सुन्दरहरैंचाका बस्नेत मृत भेटिए

सुन्दरहरैंचा । कान्तिपुर पब्लिकेशनको कोशी प्रदेश कार्यालयमा कार्यरत सुरक्षा गार्ड मृत भेटिएका छन् ।  मोरङ बूढीगंगा गाउँपालिका–४ नेमुवास्थित कान्तिपुरको प्रादेशिक कार्यालयको सुरक्षा गार्ड कोठामा मृत फेला परेका हुन् ।  मृत्यु हुनेमा सुन्दरहरैँचा नगरपालिका–९ घर भएका अन्दाजी ५० वर्षीय बलबहादुर बस्नेत रहेको प्रहरीले जनाएको छ  । उनी झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । कोठा […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचा नगरपालिकाद्वारा १० करोड बढी राजस्व संकलन

विराटचौक । सुन्दरहरैंचा नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु १० करोड ११ लाख ४८ हजार ८ सय २१ रकम राजस्व सङ्कलन गरेको छ ।  नगरपालिकाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु १ करोड ७७ लाख ८९ हजार ५ सय ९१ रकम बढी राजस्व सङ्कलन गरेकोे हो । गत आवको १० महिनामा सुन्दरहरैंचा नगरपालिकाले […]

मुख्य समाचार शिक्षा

अभिभावकको रोजाईमा सुन्दरहरैंचाको बाल बगैँचा मन्टेश्वरी

सुन्दरहरैंचा । पछिल्लो समय बालबालिकाको सिकाईका लागि मन्टेश्वरी विधी अभिभावकहरुको रोजाइ बनेको छ । बालबालिकाले प्रयोगात्मक तरिकाबाट आफै सिक्ने र पढ्ने वातावरण पाउने भएकाले आफ्ना बालबालिकाको सुन्दर भविष्य बनाउन अभिभावहरुको मुख्य रोजाई यस्ता ठाउँहरु पर्ने गरेको छ । २०७४ साल बाट संचालन हुदै आएको मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ९  मा रहेको बाल बगैंचा मन्टेश्वरीमा […]

मुख्य समाचार शिक्षा

सुकुना क्याम्पसमा सिमेस्टर प्रणालीको पुनर्ताजगी तालिम सम्पन्न

सुन्दरहरैंचा । विश्वविद्यालय अनुदान आयोग नेपालीको वित्तीय सहयोग र क्याम्पसको आयोजनामा सुकुना क्याम्पसमा सिमेस्टर प्रणालीको पुनर्ताजगी तालिम सम्पन्न भएको छ । जेठ ४ गते देखि जेठ ६ गते सम्म तीन दिने पुनर्ताजगी कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा विभिन्न ४ वटा क्याम्पसका शिक्षक प्रतिनिधिहरू र सुकुना क्याम्पसका ४२ जना शिक्षकहरू सहभागी थिए ।  शुक्रबार विहान […]