सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १२ स्थित विराटचौकबाट मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले शंकर दाहाल र अजय मण्डललाई पक्राउ गरेको हो । गत मङ्गलवार सुन्दरहरैंचा स्थित विराटचौकमा रहेको बजरंगबली रिकन्डिसन सेन्टरबाट बिना कागजात चोरीको को ३५ प २२०२ नम्बरको पल्सर मोटरसाइकल खरिद गर्ने स्थानीय वर्ष ४० को शंकर […]
Author: इष्ट खबर संवाददाता
सडक सफा गर्दै वडाध्यक्ष श्रेष्ठ
सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिका वडा नं ९ का वडाध्यक्ष प्रकाश श्रेष्ठले सडकमा थुप्रिएको फोहोर उठाउने अभियानको नेतृत्व गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री रोजगारमा खटिएका श्रमिक तथा स्थानीयहरूलाई लिएर वडाध्यक्ष श्रेष्ठ सडक सफाई अभियानमा खटिएका हुन । वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा बुधबार बिहान वडा नं ९ का विभिन्न स्थानमा सडक सफा गरिएको थियो । ‘आफ्नो घर […]
सुन्दरहरैंचामा हात्ती मृत फेला
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा बुधबार बिहान एउटा हात्ती मृत फेला परेको छ । हात्ती मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो । नगरपालिकाको वडा नम्बर ६ स्थित दुर्गापुर मन्दिर टोलमा स्थानीय भक्तराज लिम्बुले लगाएको केरा खेतीमा हात्ती मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । हात्ती मर्नुको कारण नखुलेको प्रहरीले जनाएको छ । हात्तीलाई […]
बेतना सिमसारको अध्यक्षमा शम्भु भट्टराई निर्वाचित
बेलबारी । लामो समय पछि बेतना सिमसारले नयाँ नेतृत्व पाएको छ । बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा शम्भु भट्टराई निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी पर्वत राईलाई ८३ मतले पराजित गरे । भट्टराईले १९६ मत पाउँदा उनका प्रतिद्वन्द्वी राईले ११३ मत पाएका थिए । मङ्गलवार भएको मतदानमा ४०१ परिषद् सदस्यमा ३१८ मत खसेको […]
विश्वविद्यालयका उपकुलपतिलाई बधाई दिँदै निवर्तमान मेयर ढकालले दिए ७ सुझाव
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाका निवर्तमान मेयर शिवप्रसाद ढकालले पूर्वाञ्चल विश्वविद्यालयको सुधारका निम्ति उपकुलपति सँग विभिन्न मागहरू प्रस्तुत गरेका छन् । विश्वविद्यालयमा उपकुलपतिको रूपमा आएका डा. विजुकुमार थपलियालाई सफल कार्यकालको शुभकामना दिँदै निवर्तमान मेयर ढकालले विभिन्न मागहरू राखेका हुन । निवर्तमान मेयर ढकालले विश्वविद्यालयमा प्राविधिक शिक्षामा जोड दिनुपर्ने, मेडिकल कलेज सञ्चालन को लागि आवश्यक बजेटको […]





