
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १२ स्थित खोर्सानेमा रहेको एक पसलमा चोरी भएको छ । सञ्जु श्रेष्ठले सञ्चालन गर्दै आएको विन्सा सप्लायर्समा सोमबार दिउँसो चोरी भएको सप्लायर्स सञ्चालक सञ्जु श्रेष्ठले जानकारी दिइन ।


सप्लायर्सबाट करिब ८० हजार रुपैयाँ चोरी भएको श्रेष्ठले बताइन । आफू पसल अगाडि धारामा लुगा धुने क्रममा पसलमा कोहि नभएको अवस्थामा सप्लायर्स भित्र राखिएको नगद बक्सबाट रकम चोरी भएको श्रेष्ठले बताइन ।

घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय विराटचौकका प्रमुख सानुराम कार्कीले घटना सम्बन्धमा जानकारी लिएर थप अनुसन्धान गरिरहेका छन । केही दिन अघि मात्र सोही वडामा रहेको एक सब्जी पसलमा समेत नगद चोरी भएको थियो ।









