मुख्य समाचार शिक्षा

सुकुना स्कुलको अध्यक्षमा मातृका ढकाल

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं १० मा रहेको सुकुना माध्यमिक विधालयमा व्यवस्थापन समिति गठन भएको छ । विधालयको व्यवस्थापन समितिको अध्यक्षमा मातृकाप्रसाद ढकाल चयन भएका छन । आज भएको बैठकले ढकाललाई अध्यक्षमा चयन गरीएको हो । ढकाल नेकपा एमाले सुन्दरहरैचा नगरपालिका कमिटीको अध्यक्ष समेत हुन ।

शिक्षा

इन्द्रपुर जेसिजको मल्टिच्यापटर तालिम सम्पन्न

सुन्दरहरैचा । इन्द्रपुर जेसिजको आयोजनामा मल्टिच्यापटर तालिम सम्पन्न भएको छ । शनिबार इन्द्रपुर जेसिजको सभाहलमा उक्त मल्टिच्यापटर तालिम सम्पन्न भएको हो । जेसिज क्षेत्र क अन्तर्गतका १४ वटा शाखाका प्रतिनिधिहरुलाई मल्टिच्यापटर तालिम उपलब्ध गराएको इन्द्रपुर जेसिजका महासचिव समिर बस्नेतले जानकारी दिए । इन्द्रपुर जेसिजको आयोजनामा भएको कार्यक्रममा नेपाल जेसिजको मुख्य प्रशिक्षक सुशिल तिम्सिना ट्रेनरको रुपमा […]

शिक्षा

हिमालय इङलिस स्कुलद्वारा बिधार्थी दिक्षित

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं १० मा रहेको हिमालय इङ्गलिस स्कुल युकेजीबाट उत्तीर्ण गरि आधारभूत तह प्रवेश गरेका आफ्ना बिधार्थीहरूलाई आज मंगलबार एक समाराेह बीच दिक्षित गरेकाे छ । कक्षा १ मा प्रवेश गरेका ४० जना बिधार्थीहरूलाई स्कुलले दिक्षित गरेकाे हाे । स्कुलले सुरू गरेकाे दिक्षान्त समाराेहले बालवालिका तथा अभिभावकहरूलाई अझ हाैसला मिल्ने […]

शिक्षा

बेलबारीमा कक्षा ८ मा ४३ विधालयका १५० जना विधार्थी मात्र उतिर्ण

बेलबारी । बेलबारी नगरपालिकामा कक्षा ८ को वार्षिक परीक्षामा सहभागी भएका ४३ विद्यालयको नतिजा निराशाजनक आएको छ । नतिजा निराशाजनक आएपछी बेलबारी नगरपालिकाले कक्षा ८ को नतिजा सार्वजनिक गर्न स्थगित गरेको छ । विधालयको नतिजा निराशाजनक आएपछी विधालयका प्रध्यानध्यापक र नगरपालिकाको शिक्षा शाखा प्रमुख बिच जुहारी चल्न शुरु भएको छ । नगरभित्र सामुदायिक विधालय २१ […]

शिक्षा

सुन्दरहरैँचाको शिक्षा क्षेत्रः नियमन र अनुगमन नै फितलो भएको आरोप

सुन्दरहरैचा । सुन्दरहरैंचा नगरपालिका भित्र रहेका ३६ वटा सामुदायिक विद्यालयको ३९ स्थानमा पठनपाठन भइरहेको छ । नगरमा ४४ वटा संस्थागत विद्यालय रहेका छन् । शैक्षिक सत्र २०७९ को रेकर्ड अनुसार सामुदायिक विद्यालयमा १६ हजार ९ सय र संस्थागत विद्यालयमा १३ हजार १ सय गरी जम्मा ३० हजार विद्यार्थी पठनपाठन गरिरहेका छन् । ७७ वटा बाल […]