काठमाडौँ । कांग्रेस विशेष महाधिवेशन राजधानीमा भृकुटीमण्डपमा सुरु भएको छ । कांग्रेस काठमाडौँका सभापति सबुज कृष्ण बानियाँको सभापतित्वमा महाधिवेशन सुरु भएको हो । महाधिवेशनस्थलमा नेता र कार्यकर्ताहरूको भिड रहेको छ ।
राजनीति
तत्कालिन गृहमन्त्री लेखक कारबाही योग्य: डा. शर्मा
विराटनगर । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पार्टीबाट कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताएका छन्। शनिबार बिहान विश्व सञ्चाल परिवारले आयोजना गरेको “नेपालको वर्तमान राजनीतिक अवस्था र नेपाली कांग्रेसको महाधिवेशन तथा भावी कार्यदिशा” विषयक भर्चुअल कार्यक्रममा उनले लेखकलाई पाँच वर्षसम्म साधारण सदस्यतासम्म नरहने गरी निष्कासन गर्नुपर्ने माग राखे। डा. शर्माले कांग्रेस […]
पूर्वराष्ट्रपति राजनीतिमा आउन कुनै बन्देज छैन: देउवा
विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउन नदिन सविधानमा कुनै बन्देज नरहेको बताएका छन्। विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । शनिबार विराटनगर विमानस्थलमा संचारकर्मीहरु सग कुरा गर्दै देउवाले वर्तमान सरकारले निरन्तरता पाउने बताएका छन्। उनले तत्काल सरकारका मन्त्रीहरू हेरफेर नहुने स्पष्ट पारे । देउवा सुनसरीको एक […]
कांग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समिति बैठक
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन् । बैठक आइतबार बिहान ९ बजे बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले गरे एमाले विधान महाधिवेशनको उद्घाटन
काठमाडौँ । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनको उद्घाटन भएको छ । ललितपुरको सनराइज हलमा आयोजित विधान महाधिवेशनको प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । तीनदिनसम्म चल्ने महाधिवेशनमा २०२६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना गरी कुल २३४१ जना सहभागी छन् ।





