काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री मुकुल ढकाललाई कारबाही गर्ने तयारी गरेको छ । रास्वपाले ढकालको महामन्त्री पद र प्रवक्ताको जिम्मेवारीबाट हटाउने तयारी गरेको हो । ढकालको महामन्त्री पद र प्रवक्ताको जिम्मेवारी खोसिए उनी पार्टीको केन्द्रीय सदस्यको भूमिकामा मात्र हुनेछन् ।
राजनीति
देउवा-ओली आलोपालो प्रधानमन्त्री बन्ने पक्का
विराटनगर । नेपाली राजनीतिमा नयाँ तरङ्ग आएको छ । देउवा-ओलीको भेटपछि राजनीतिमा नयाँ तरङ्ग आएको हो । देउवा-ओली बिच भएको भेटमा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको बताइएको छ । बाकी पहिलो कार्यकाल ओली र दोस्रो कार्यकाल देउवा प्रधानमन्त्री बन्ने सहमति भएको बताइएको छ ।
सांसद शर्माको प्रस्तावः माओवादीसँगको गठबन्धन तोडेर कांग्रेस नेतृत्वमा सरकार बनाउँ
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले अब कांग्रेसको नेतृत्वमा सरकार बनाउँन प्रस्ताव अघि सारेका छन् । कांग्रेस महासमिति सदस्यसमेत रहेका सांसद शर्माले फागुन ७ गतेबाट सुरु हुने कांग्रेस महासमिति बैठकमा पेश गर्न लागेको १३ बुँदे प्रस्ताव आज काठमाडौंमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै यस्तो प्रस्ताव अघि सारेका हुन् । भ्रष्टाचार नियन्त्रण र सुशासन, निर्वाचन प्रणाली […]
संघीय सरकारको कर प्रणालीले प्रदेश सरकार आत्मनिर्भर बन्न सक्दैन : मुख्यमन्त्री कार्की
विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीय सरकार माेटाउने कर प्रणालीले प्रदेश सरकार आत्मनिर्भर बन्न नसक्ने बताएका छन् । प्रदेश सरकारले गठन गरेकाे उच्चस्तरीय राजश्व अध्ययन कार्यदलकाे बैठकमा आइतबार मुख्यमन्त्री कार्कीले संवैधानिक र कानूनी व्यवस्था जेसुकै भएपनि संघ नै माेटाउने कर प्रणाली भएकाे भन्दै आपत्ति जनाएका हुन् । ´संविधानमा प्रदेश सरकारलाई एउटा मात्रै कृषि […]
राष्ट्रिय सभा: कोशी प्रदेशमा सिटौला विजयी
विराटनगर । कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा कृष्ण प्रसाद सिटौला विजयी भएका छन् । बिहीबार सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार उनले राप्रपाका उम्मेदवार उद्धव पौडेललाई पराजित गर्दै राष्ट्रियसभामा सिट सुरक्षित गरेका हुन् । सिटौलाले प्रदेशतर्फ ४५ सांसदको मत र स्थानीय तर्फ १५३ मत पाउँदा उद्धवले प्रदेश तर्फ ४७ सांसदको मत र स्थानिय तर्फ १०९ मात्र मत पाए […]





