कोशी प्रदेश मुख्य समाचार

निवर्तमान मेयर ढकालको छोरीले दिईन जन्मदिनमा न्यानो कपडा

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाका निवर्तमान नगरप्रमुख शिवप्रसाद ढकालको छोरीले आफ्नो जन्मदिनमा न्यानो कपडा वितरण गरेकी छिन । निवर्तमान मेयर ढकालको छोरीको मंगलबार परेको १३ औ जन्मदिनको अवसरमा सुन्दरहरैंचा नगरपालिका वडा नं ९ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा आश्रित बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको हो । मंगलबार पाथिभरा स्वतन्त्र महिला समाजको ब्यानरमाअमेयर ढकालको छोरी सायना […]

कोशी प्रदेश मुख्य समाचार

सुकुना क्याम्पसमा ६९ प्रीन्ट रगत संकलन

सुन्दरहरैंचा । मोरङकाे सुन्दरहरैंचा स्थित सुकुना बहुमुखी क्याम्पसमा  रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पूर्वविद्यार्थी समाजले  “रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ ६९ प्रीन्ट रगत सङ्कलन गरी कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा पूर्वविद्यार्थी, नागरिक समाजका व्यक्तिहरू, अध्ययनरत विद्यार्थीहरू, शिक्षक, कर्मचारीहरू लगायतका व्यक्तिहरूले रक्तदान गरेका थिए । समाजका अध्यक्ष नारायण सुवेदीको अध्यक्षतामा भएको सो कार्यक्रममा […]

कोशी प्रदेश मुख्य समाचार

बेलबारीबाट सर्यो कोशी प्रदेश प्रहरी अस्पताल

बेलबारी । मोरङको बेलबारीमा रहेको कोशी प्रदेश प्रहरी अस्पताल सरेको छ । प्रदेश प्रहरी अस्पताल बेलबारीबाट सरेर सुनसरीको इनरुवामा सारिएको हो । एक वर्ष अगाडि मात्र बेलबारीमा ल्याएको कोशी प्रदेश प्रहरी अस्पताललाई इनरुवा स्थित जिल्ला समन्वय समितिको भवनमा लगिएको छ । सोमबार राती नै बेलबारीमा रहेको भवनबाट सामानहरु अन्यन्त्र लगिएको हो । बेलबारी स्थित पुरानो […]

कोशी प्रदेश मुख्य समाचार स्वास्थ्य

तेह्रथुममा नोबेलको नि:शुल्क स्वास्थ्य शिविर

तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिकामा नोवेल मेडिकल कलेजको नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । म्याङलुङ नगरपालिकाको आयोजनामा र नोवेल मेडिकल   कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोगमा साथै तेह्रथुम जिल्ला अस्पतालको समन्वयमा दुई दिने बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । म्याङलुङ नगरपालिका स्थीत तेह्रथुम जिल्ला अस्पतालमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १११७ जना विरामीले स्वास्थ्य […]

कोशी प्रदेश विजनेश

दाना उत्पादनमा नवीनतम् प्रविधि, ‘नेपाल वेलहोप’ले एक अर्ब लगानीमा खोल्यो नयाँ उद्योग

विराटनगर । नेपाल वेलहोप एग्री–टेक प्रालिले मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटमा करिब एक अर्ब रुपैयाँको लगानीमा नयाँ उद्योग सञ्चालनमा ल्याएको छ । दाना उत्पादनमा नवीनतम् प्रविधिलाई आत्मसात् गर्दै वेलहोपले पेलेट दाना उत्पादन गर्ने नयाँ उद्योग सञ्चालनमा ल्याएको हो । नेपालको व्यावसायिक घराना वैद्य अर्गनाइजेसन र चिनियाँ वेलहोपको संयुक्त लगानीमा सञ्चालनमा आएको सो उद्योगले नेदरल्यान्ड्सको भेन आर्सन […]