कोशी प्रदेश मुख्य समाचार शिक्षा

सुकुना क्याम्पस परिषद्को सत्रौँ बैठक सम्पन्न

सुन्दरहरैँचा । मोरङकाे सुन्दरहरैँचा १२  स्थित सुकुना बहुमुखी क्याम्पस परिषद्को सत्रौँ बैठक सम्पन्न भएको छ । परिषद् बैठक क्याम्पस सञ्चालक समितिको अध्यक्ष  केशव अधिकारीको सभापतित्वमा सञ्चालन भएको थियो । नेपाल सरकार‚ शिक्षा‚ विज्ञान तथा प्रविधि मन्त्री  प्रमिलाकुमारी यादवले उद्घाटन गर्दै आफू क्याम्पसको पूर्वविद्यार्थी पनि भएका नाताले क्याम्पसको भौतिक‚ आर्थिक र प्राविधिक विषयमा सहयोग गर्ने र […]

कोशी प्रदेश मुख्य समाचार शिक्षा

सुकुना क्याम्पसमा १७४ जना विधार्थीले पाए छात्रवृत्ति

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १२ मा रहेको सुकुना बहुमुखी क्याम्पसले विधार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । क्याम्पसले क्याम्पस सञ्चालक परिषदको बैठकको अवसर पारी विधार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो । क्याम्पसमा स्थापना भएको अक्षयकोष र विभिन्न संघसंस्थाहरुको सहयोगमा क्याम्पसले १७४ जना विधार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको क्याम्पस प्रमुख अर्जुन अधिकारीले बताए । उनले १३ […]

कोशी प्रदेश मुख्य समाचार

ग्रामथानमा सवारी दुर्घटना, तीन जना घाइते

सुन्दरहरैंचा । मोरङको ग्रामथान गाउँपालिका २ पिडारमुनीमा सवारी दुर्घटनामा परी तीन जना घाइते भएका छन् । आज दिउँसो दुर्घटनामा परी कारमा सवार तीन जना घाइते भएका हुन् ।  को १ त ६६६६ नम्बरको ट्याक्टरले बा १७ च ४८१९ नम्बरको कारलाई ठक्कर दिएको थियो । अनियन्त्रित भएर ट्याक्टरले ठक्कर दिएपछि कारमा सवार तीन जना घाइते भएको […]

कोशी प्रदेश मुख्य समाचार

प्रहरी निरीक्षक ऋषिराज ढकालल उत्कृष्ट प्रहरी घोषित

उदयपुर । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा कार्यरत प्रहरी निरीक्षक ऋषिराज ढकालल उत्कृष्ट प्रहरी घोषित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ढकाललाई कार्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो । प्रहरी संगठन भित्र ढकाल अपराध अनुसन्धानमा अब्बल प्रहरी अधिकृतको रुपमा परिचित रहेका छन् । ढकालले विभागीय मूल्य मान्यता, आदेश– निर्देशनको पालना गरी उच्च […]

कोशी प्रदेश मुख्य समाचार

आगलागी पिडितलाई बेलबारी उद्योग वाणिज्य को सहयोग

बेलबारी । मोरङको बेलबारी नगरपालिका–५ कसेनी बजारमा भएको आगलागी पिडित परिवालाई बेलबारी उद्योग वाणिज्य संघले राहत सामग्री हस्तान्तरण गरेको छ । बिहिवार विहान व्यवसायी विद्यानन्द भगतको २ तले घरमा अचानक आगलागी हुँदा करोड भन्दा बढिको क्षती थियो । उक्त घटना प्रती बेलबारी उद्योग वाणिज्य संघले दुःख व्यक्त गर्दै केहि सहयोग सामग्री हस्तान्तरण गरेको बेलबारी उद्योग […]