कोशी प्रदेश मुख्य समाचार

वेतना सिमसारमा ताला लाग्दा कर्मचारीको बिचल्ली

बेलबारी । मोरङको बेलबारी नगरपालिका ४ मा रहेको वेतना सिमसारमा ताला लाग्दा कर्मचारी मारमा पारेका छन् । ८ वर्षदेखि साधारण सभा नगरेको भन्दै स्थानीय संर्घष समितिले विगत दुई महिनादेखि सिमसारको काउन्टरमा ताला लगाएका छन् । ताला लागेको दुई महिनासम्म समस्या समाधान गर्न तालुकदारले चासा नदेखाउँदा सेवा सुविधाबाट वञ्चित हुन परेको सिमसारका कर्मचारीको गुनासो छ । […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा दुई समूहबीच कुटाकुट

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा दुई समूह बिच कुटाकुट भएको छ । सोमबार दिउँसो ४ बजे सुन्दरहरैंचा नगरपालिका वडा नं ९ स्थित त्रिवेणीमा रहेको फुटबल मैदानमा दुई समूह बिच कुटाकुट भएको हो । दुई समूह बिच झगडा हुँदा सुन्दरहरैंचा नगरपालिका वडा नं ९ बस्ने वर्ष २० का प्रतीक पोखरेल घाइते भएका छन । घाइते पोखरेललाई […]

मनोरञ्जन मुख्य समाचार लुम्बिनी प्रदेश

गायिका रचना रिमाल चढेको स्कार्पियो दुर्घटना

दाङ । गायिका रचना रिमाल चढेको गाडी दुर्घटनामा परेको छ । गायिका रिमाल चढेको स्कार्पियो आइतबार साझ दुर्घटनामा परेको हो । नेपालगन्जबाट दाङ लमहीको महोत्सवमा जाँदै गर्दा बाँकेको सिक्टा नजिकै आइतबार साँझ रचना र पत्रकार शिवु खनाल सवार स्कारपियोलाई ट्रकले ठक्कर दिएको हो । रचनाले आफुसहितको टिम सकुशल रहेको बताएकी छन् ।

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा अपाङ्गता परिचयपत्र बाड्न जनप्रतिनिधि घरदैलोमा

सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिकाले अपाङ्गता परिचयपत्र वितरण गर्न घुम्ती शिविर सुरू गरेको छ । शनिबार वडा नम्बर १ हरैंचामा एक कार्यक्रम गरी घुम्ती शिविर सुरू गरेकाे हाे ।  शिविर २७ गते शनिबार सम्म सञ्चालन हुने छ । उपप्रमुख अकली चाैधरीकाे अध्यक्षतामा भएको उक्त कार्यक्रम प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले साे शिविरकाे उद्घाटन गरेका […]

कोशी प्रदेश

मुख्यमन्त्री कार्कीद्वारा पुर्व ब्रिटिस गोर्खाको समस्या समाधान गर्न ध्यानाकर्षण

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र संयुक्त अधिराज्य बेलायती सेनाका रथी तथा गोर्खा ब्रिगेडका कर्णेल कमाण्डेन्ट रिचार्ड वार्डलो ओविईसहितको टोलीबीच शिष्टाचार भेट भएको छ । गोर्खा ब्रिगेडको टोलीले पहिलो पटक सात वटै प्रदेशका मुख्यमन्त्रीमध्ये कोशी प्रदेशका मुख्यमन्त्री कार्कीसँग भेट गरेको हो । उक्त शिष्टाचार भेटका क्रममा मुख्यमन्त्री कार्कीले पूर्व ब्रिटिस गोर्खा सेनाको समस्या […]