विराटनगर । धार्मिक हिंसा भड्काउने अभिव्यक्ति दिने आचार्य श्रीनिवासलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सुनसरी प्रहरीले आज (मंगलबार) साँझ उनलाई सुनसरीको बराहक्षेत्रबाट नियन्त्रणमा लिएको हो। आचार्य श्रीनिवासले केही दिनअगाडि जनकपुरमा हातमा नांगो खुकुरी बोकेर धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउने र हिंसा भड्काउने अभिव्यक्ति दिएका थिए । गाई काटेर खानेलाई काट्न उक्साउँदै उनले त्यसको जिम्मेवारी लिने आपत्तिजनक […]
समाचार
बझाङमा ६.३ रेक्टर स्केलको भूकम्प
धनगढी । बझाङमा गएको भूकम्पका कारण १३ जना घाइते भएका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा गरी १३ जना घाइते भएको विवरण आएको प्रहरीले जनाएको छ । बझाङ सदरमुकाम चैनपुरआसपास केन्द्रविन्दु बनाएर दिउँसो ०३ बजेर ०६ मिनेटमा भूकम्प ६.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
बेलबारीमा मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु
बेलबारी । मोरङको बेलबारी नगरपालिका-२ स्थितमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो साढे २ बजे पुर्ब पश्चिम राजमार्गमा पश्चिमबाट पुर्बतर्फ आउदै गरेको को. ३६ प ९३६८ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाईकल चालक ईलाम चुलाचुली नगरपालिका-२ का ४४ वर्षीय रमेश राई र पछाडि सवार ७२ वर्षीय भिम बहादुर […]
चोरीको मोटरसाईकल सहित दुई जना पक्राउ
भद्रपुर । झापाको भद्रपुर नगरपालिका-४ तारानगर स्थितबाट चोरीको मोटरसाईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाह्रदशी गाउँपालिका-२ का ३५ बर्षीय जफिर आलम, देश भारत बिहार किसनगंज जिल्ला शकिनतोतुलगुडी रुईधासाका २९ बर्षीय मो.जुबेर रहेका छन् । आज बिहान उनिहरुले मे ११ प ४३०७ नम्बरको FZ मोटरसाईकल चोरी गरी लादै गरेको अवस्थामा प्रहरी […]
गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार
काठमाडौं । काठमाडौंको गौशाला एक व्यक्तिमाथि चक्कु प्रहार भएको छ । साजन हुसेन भन्ने व्यक्तिमाथि चक्कु प्रहार भएको हो । साजन हुसेन गौशालाको पिके डायग्नोस्टिक सेन्टर सन्चालन गर्दछन्। उनीमाथि चक्कु प्रहार भएको जानकारी पाएपछि प्रहरी पुग्दा घटनास्थलबाट एक थान पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।





