कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा हात्ती मृत फेला 

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा बुधबार बिहान एउटा हात्ती मृत फेला परेको छ । हात्ती मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो । नगरपालिकाको वडा नम्बर ६ स्थित दुर्गापुर मन्दिर टोलमा स्थानीय भक्तराज लिम्बुले लगाएको केरा खेतीमा हात्ती मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । हात्ती मर्नुको कारण नखुलेको प्रहरीले जनाएको छ । हात्तीलाई […]

कोशी प्रदेश मुख्य समाचार

बेतना सिमसारको अध्यक्षमा शम्भु भट्टराई निर्वाचित

बेलबारी । लामो समय पछि बेतना सिमसारले नयाँ नेतृत्व पाएको छ । बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा शम्भु भट्टराई निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी पर्वत राईलाई ८३ मतले पराजित गरे । भट्टराईले १९६ मत पाउँदा उनका प्रतिद्वन्द्वी राईले ११३ मत पाएका थिए । मङ्गलवार भएको मतदानमा ४०१ परिषद् सदस्यमा ३१८ मत खसेको […]

कोशी प्रदेश मुख्य समाचार शिक्षा

विश्वविद्यालयका उपकुलपतिलाई बधाई दिँदै निवर्तमान मेयर ढकालले दिए ७ सुझाव

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाका निवर्तमान मेयर शिवप्रसाद ढकालले पूर्वाञ्चल विश्वविद्यालयको सुधारका निम्ति उपकुलपति सँग विभिन्न मागहरू प्रस्तुत गरेका छन् । विश्वविद्यालयमा उपकुलपतिको रूपमा आएका डा. विजुकुमार थपलियालाई सफल कार्यकालको शुभकामना दिँदै निवर्तमान मेयर ढकालले विभिन्न मागहरू राखेका हुन । निवर्तमान मेयर ढकालले विश्वविद्यालयमा प्राविधिक शिक्षामा जोड दिनुपर्ने, मेडिकल कलेज सञ्चालन को लागि आवश्यक बजेटको […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा स्कुटर र साइकल ठोक्किदा दुईजना घाइते

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १० मा स्कुटर र साइकल ठोक्किदा दुईजना घाइते भएका छन । वडा नं १० स्थित न्यौपाने चौकमा बेलबारीबाट विराटचौक तर्फ आउदै गरेको प्र १-०२-०४७ प १७५३ न.को (१२५ सिसि) स्कुटरले सोही दिशाबाट आउदै गरेको साइकललाई ठक्कर दिदा दुई जना घाइते भएका हुन । दुर्घटनामा स्कुटर चालक बेलबारी नगरपालिका […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचाबाट लागुऔषध सहित दुईजना पक्राउ

सुन्दरहरैंचा । ईलाका प्रहरी कार्यालय बेलबारीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगर कारोबार गर्ने दुई जनालाई सोमबार राती पक्राउ गरेको छ । प्रहरीले मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ६ बाट दुईजनालाई पक्राउ गरेको हो । प्रहरीले सुन्दरहरैंचा वडा नं ६ बस्ने वर्ष २६ को  कमल मगरको घरबाट प्लास्टिकमा पोको पारेको ब्राउन सुगर जस्तो देखिने पदार्थ ४.३० ग्राम […]