सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा दुई समूह बिच कुटाकुट भएको छ । सोमबार दिउँसो ४ बजे सुन्दरहरैंचा नगरपालिका वडा नं ९ स्थित त्रिवेणीमा रहेको फुटबल मैदानमा दुई समूह बिच कुटाकुट भएको हो । दुई समूह बिच झगडा हुँदा सुन्दरहरैंचा नगरपालिका वडा नं ९ बस्ने वर्ष २० का प्रतीक पोखरेल घाइते भएका छन । घाइते पोखरेललाई […]
मुख्य समाचार
गायिका रचना रिमाल चढेको स्कार्पियो दुर्घटना
दाङ । गायिका रचना रिमाल चढेको गाडी दुर्घटनामा परेको छ । गायिका रिमाल चढेको स्कार्पियो आइतबार साझ दुर्घटनामा परेको हो । नेपालगन्जबाट दाङ लमहीको महोत्सवमा जाँदै गर्दा बाँकेको सिक्टा नजिकै आइतबार साँझ रचना र पत्रकार शिवु खनाल सवार स्कारपियोलाई ट्रकले ठक्कर दिएको हो । रचनाले आफुसहितको टिम सकुशल रहेको बताएकी छन् ।
सुन्दरहरैंचामा अपाङ्गता परिचयपत्र बाड्न जनप्रतिनिधि घरदैलोमा
सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिकाले अपाङ्गता परिचयपत्र वितरण गर्न घुम्ती शिविर सुरू गरेको छ । शनिबार वडा नम्बर १ हरैंचामा एक कार्यक्रम गरी घुम्ती शिविर सुरू गरेकाे हाे । शिविर २७ गते शनिबार सम्म सञ्चालन हुने छ । उपप्रमुख अकली चाैधरीकाे अध्यक्षतामा भएको उक्त कार्यक्रम प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले साे शिविरकाे उद्घाटन गरेका […]
ब्राउन सुगरसहित २ जना पक्राउ
विराटनगर । मोरङ र झापाको दुई स्थानबाट लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका १२ का २३ बर्षीय शौरभ सोनी र झापाको दमक नगरपालिका ९ का २६ बर्षीय पासाङ तामाङ रहेका छन् । शनिबार दिउसो साढे ४ बजे विराटनगर महानगरपालिका १५ स्थित एक नम्बर ढाटबाट लागुऔषध […]
संघीय सरकारको कर प्रणालीले प्रदेश सरकार आत्मनिर्भर बन्न सक्दैन : मुख्यमन्त्री कार्की
विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीय सरकार माेटाउने कर प्रणालीले प्रदेश सरकार आत्मनिर्भर बन्न नसक्ने बताएका छन् । प्रदेश सरकारले गठन गरेकाे उच्चस्तरीय राजश्व अध्ययन कार्यदलकाे बैठकमा आइतबार मुख्यमन्त्री कार्कीले संवैधानिक र कानूनी व्यवस्था जेसुकै भएपनि संघ नै माेटाउने कर प्रणाली भएकाे भन्दै आपत्ति जनाएका हुन् । ´संविधानमा प्रदेश सरकारलाई एउटा मात्रै कृषि […]





