बेलबारी । मोरङको बेलबारी नगरपालिकामा साइकल दुर्घटना हुदाँ एकको मृत्यु भएको छ । बेलबारी नगरपालिका वडा नं ५ मा गएराति साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । बेलबारीको भित्री सडकमा मंगलबार बिहान एक व्यक्तिको शव फेला परेको थियो । उक्त शव सोही वडा बस्ने वर्ष ६० को टिकाराम पुरीको रहेको प्रहरीले जनाएको छ […]
मुख्य समाचार
सुन्दरहरैंचामा हावाहुरीले घरको छानो उडायो
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ४ स्थित अनुकुल टोलमा रहेको विनोद दाहालको घरको छानो बुधबार मध्य राती आएको हावाहुरीले उडाएको छ । घरको छानो उडाएपछि उक्त पिडित दाहाल परिवार बिचल्लीमा परेका छन् । छानो उडाएपछि पानीले घरका सबै कपडा भिजेका छन् । रातको समयमा खुल्ला आकाश मुनि कसरी बस्ने भन्ने चिन्ताले सताएको पिडित […]
सुन्दरहरैंचा एनप्याब्सनद्वारा हस्तलेखन प्रतियोगिता सम्पन्न
सुन्दरहरैंचा । सुन्दरहरैंचा एनप्याब्सन नगर समितिले नगर स्तरिय हस्तलेखन प्रतियोगिता सम्पन्न गरेको छ । एनप्याब्सन सुन्दरहरैंचाले नेपाली तथा अङ्ग्रेजी दुवै माध्यममा मंगलबार सुन्दरहरैंचाको मदरल्यान्ड स्कुलमा हस्तलेखन प्रतियोगिता सम्पन्न गरेको हो । सुन्दरहरैंचा नगरपालिकाका प्रवक्ता रोशनप्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एनप्याब्सनमा आबद्ध रहेक्का विधालयहरुका ४० जना विधार्थीहरुले सहभागिता रहेको एनप्याब्सन सुन्दरहरैंचाका सचिव ईश्वर ओझाले बताए […]
कान्तिपुर पब्लिकेशनमा सुन्दरहरैंचाका बस्नेत मृत भेटिए
सुन्दरहरैंचा । कान्तिपुर पब्लिकेशनको कोशी प्रदेश कार्यालयमा कार्यरत सुरक्षा गार्ड मृत भेटिएका छन् । मोरङ बूढीगंगा गाउँपालिका–४ नेमुवास्थित कान्तिपुरको प्रादेशिक कार्यालयको सुरक्षा गार्ड कोठामा मृत फेला परेका हुन् । मृत्यु हुनेमा सुन्दरहरैँचा नगरपालिका–९ घर भएका अन्दाजी ५० वर्षीय बलबहादुर बस्नेत रहेको प्रहरीले जनाएको छ । उनी झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । कोठा […]
सुन्दरहरैंचा नगरपालिकाद्वारा १० करोड बढी राजस्व संकलन
विराटचौक । सुन्दरहरैंचा नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु १० करोड ११ लाख ४८ हजार ८ सय २१ रकम राजस्व सङ्कलन गरेको छ । नगरपालिकाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु १ करोड ७७ लाख ८९ हजार ५ सय ९१ रकम बढी राजस्व सङ्कलन गरेकोे हो । गत आवको १० महिनामा सुन्दरहरैंचा नगरपालिकाले […]




