विराटनगर । विराटनगर महानगरपालिका-१८ लाभाघाट स्थितमा गाँजा बोकेको एम्वुलेन्स सहित चालकलाई प्रहरीले पक्राउ गरेको छ । हिजो राति साढे १० बजे इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलिले चेक जाँचको क्रममा को.१ च ४६१९ को एम्बुलेन्सको डिकीमा लुकाई छिपाई ल्याएको २१.५ किलोग्राम लागुऔषध गाँजा र नेपाली रुपैया ४० हजार बरामद गरेको हो । लागुऔषध गाँजा […]
मुख्य समाचार
कोशीका मुख्यमन्त्री कार्कीले थपे २ मन्त्री र २ राज्यमन्त्री
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दुई मन्त्री र दुई राज्यमन्त्री थप गरेका छन् । मुख्यमन्त्री कार्कीले सोमबार मन्त्रिपरिषद विस्तार गरेका हुन् । बुद्धिकुमार राजभण्डारी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बनेका छन् भने लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन् । त्यस्तै रामप्रसाद मेहता उद्योग, भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री र निरन राई आर्थिक […]
दमकको अम्बिका माछा फ्राईमा अखाद्य बस्तु मिसावट
दमक । झापाको दमक स्थित पशुपति मार्गमा रहेको अम्बिका माछा फ्राईमा अखाद्य बस्तु मिसावट गरी माछा पकाउने गरेको पाईएको छ ।झापामा निकै चर्चित रहेको अम्विका माछा फ्राईमा दमक नगरपालिकाले आज अनुगमन गरेको थियो । अनुगमनका क्रममा पकाउन तयारी पारेका माछामा मानव स्वास्थ्यलाई असर पार्ने खालका केमिकल प्रयोग गरेको पाइएपछि नगरपालिकाले माछा जफत गरेको छ । […]
सुर्य ज्योतिको अध्यक्षमा युवराज र सचिवमा होमनाथ
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १० मा रहेको सुर्य ज्योती बचत तथा ऋण सहकारी सस्थाको अध्यक्षमा युवराज दाहाल चयन भएका छन । शनिबार भएको सहकारीको सत्रौ वार्षिक साधारण सभाबाट दाहाल सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन । त्यस्तै उपाध्यक्षमा रत्नबहादुर खड्का सचिवमा होमनाथ पोखरेल, सहसचिवमा शारदा चौहान र कोषाध्यक्षमा बिष्णुप्रसाद गुरगाई चयन भएका […]
माछापुच्छ्रे बैकले बाँड्यो फोन पेको क्यू आर स्टेण्ड
सुन्दरहरैंचा । माछापुच्छ्रे बैक विराटचौक शाखाले फोन पेको क्यू आर स्टेण्ड वितरण गरेको छ । यात्रामा रकम भुक्तानी गर्न सहज हुने उद्देश्यले माछापुच्छ्रे बैक विराटचौक शाखाले फोन पेको क्यू आर स्टेण्ड वितरण गरेको हो । माछापुच्छ्रे बैक विराटचौक शाखाले मोरङको सुन्दरहरैंचा नगरपालिका, बेलबारी नगरपालिका र ग्रामथान गाउंपालिकामा रहेका ३५ वटा सिटी सफारीका चालकहरुलाई फोन पेको […]





