कोशी प्रदेश मुख्य समाचार समाचार

झापा र पूर्वी पहाडी जिल्लामा तटबन्ध

भद्रपुर । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना झापाले आर्थिक वर्ष २०८२÷८३ मा विभिन्न नदी नियन्त्रण कार्यक्रमअन्तर्गत १४.७३८ किलोमिटर तटबन्ध निर्माण गरेको छ । नदी कटान तथा बाढीबाट जनधन र कृषियोग्य जमिनको संरक्षण गर्ने उद्देश्यले सञ्चालित कार्यक्रमअन्तर्गत झापासहित पूर्वी पहाडी जिल्लाका विभिन्न नदीमा तटबन्ध निर्माण गरिएको हो । आयोजनाका इन्जिनियर बलराम भण्डारीका अनुसार कार्यालयले अघिल्ला वर्षदेखि […]

कोशी प्रदेश मुख्य समाचार

ब्राउन सुगरसहित एक जना पक्राउ

भद्रपुर । झापाको बिर्तामोडबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीको संयुक्त टोलीले निजलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा भारतको पश्चिम बङ्गाल राज्य, दार्जिलिङ जिल्ला, खोरीबारी ग्रामपञ्चायत बस्ने ३४ वर्षीय कमल बर्मन रहेका जिल्ला प्रहरी […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा ७५ प्रतिशत धान रोपाइँ सम्पन्न

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा यस वर्ष करिब ७५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि शाखाका प्रमुख सुदीप भण्डारीका अनुसार नगरपालिकामा यस वर्ष करिब पाँच हजार हेक्टर क्षेत्रफलमा धान खेती गर्ने लक्ष्य राखिएको छ। उनका अनुसार हरिनाथ–६, तरहरा–२, रञ्जित, बिबी–११ तथा विभिन्न भारतीय जातका धान किसानले मुख्य रूपमा रोपिरहेका छन्। पर्याप्त वर्षा र सिँचाइको […]

कोशी प्रदेश मुख्य समाचार

एडीबीको सहयोगमा सुन्दरहरैंचामा एचआईभी/एड्स र मानव बेचबिखनबारे सचेतनामूलक कार्यक्रम

सुन्दरहरैंचा । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत निर्माणाधीन काँकरभिट्टा–लौकही सडक आयोजनाको क्रममा मोरङको सुन्दर्हरैंचा नगरपालिकामा एचआईभी/एड्स, यौन रोग तथा मानव बेचबिखनसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। बुधबार सुन्दरहरैंचा उद्योग वाणिज्य संघको सभाहलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र एशियाली विकास बैंक (ADB) को आर्थिक सहयोगमा सञ्चालन भइरहेको राजमार्ग अभिवृद्धि आयोजना अन्तर्गत उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा सुन्दरहरैंचा […]

कोशी प्रदेश मुख्य समाचार

बाँदर व्यवस्थापनको माग गर्दै खोटाङमा किसानद्वारा प्रदर्शन

दिक्तेल । खोटाङका किसान खेतबारीमा लगाइएको अन्नबाली बाँदरले नष्ट पारेर उठिबास पारेको भन्दै प्रदर्शनमा उत्रिएका छन् । उनीहरु हलो, जुवा, कोदाली, गैंती, साबेल लगायतका कृषि औजारसहित प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले नाराबाजी गर्दै दिक्तेल बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी रेखा कँडेलमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।