मुख्य समाचार विचार

साहित्य शब्दको व्यापार कि आत्माको सिर्जना… ?

छविवैरागी घिमिरे । वर्तमान नेपाली साहित्य संसार अत्यन्तै चञ्चल भएको छ। हरेक दिन नयाँ पुस्तकहरू प्रकाशित भइरहेका छन्। नयाँ लेखकहरू जन्मिरहेका छन्। विमोचनका तस्बिरहरूले सामाजिक सञ्जाल भरिएका छन्। अर्कोतर्फ वाहवाहीको एउटा कृत्रिम उज्यालोले साहित्यलाई निकै भव्य देखाइरहेको छ। बाहिरबाट हेर्दा लाग्छ,सिर्जनाको स्वर्णयुग चलिरहेको छ। तर यही चमकभित्र एउटा गहिरो प्रश्न चुपचाप उभिएको छ। के साँच्चै […]

मुख्य समाचार राजनीति

समयले जन्माउनेछ डा. शर्माको कर्म लेख्ने अर्को भानुभक्त

घाँसी दरिद्र घरको तर बुद्धि कस्तो,मो भानुभक्त धनी भई किन यस्तो ।।आदिकवि भानुभक्त आचार्यका यी हरफहरूले आज पनि सम्झाइरहेका छन्,—मानिस पद, सम्पत्ति वा चुनावी जितले होइन, अरूका दुःखमा साथ दिएर ठूलो बन्छ । यस्ता कर्म तत्काल चर्चामा नआउन सक्छन्, तर समयले तिनको मूल्य अवश्य लेखेर राख्नेछ । मोरङको पथरी शनिश्चरे–८ स्थित पौडेल चौकमा देखिएको दृश्य […]

मुख्य समाचार स्वास्थ्य

केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता

भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी तथा उनीहरूका परिवारलाई अस्पतालमा उपलब्ध विभिन्न सेवाहरूमा २५ प्रतिशतसम्म छुट दिने भएको छ । त्यसैगरी बैंकले आफ्ना विभिन्न सेवाहरूमा केएमसीका कर्मचारी, डाक्टर, नर्स तथा उनीहरूका […]

मुख्य समाचार स्वास्थ्य

केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस

काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र स्वास्थ्य सेवामा नर्सहरूको अतुलनीय योगदानबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा अस्पताल निर्देशक प्राडा. मीना थापाले नर्सहरू स्वास्थ्य सेवाको मेरुदण्ड भएको उल्लेख गर्दै बिरामीको उपचारमा चिकित्सकसँगै नर्सहरूको […]

कोशी प्रदेश मुख्य समाचार

एडीबीको सहयोगमा सुन्दरहरैंचामा एचआईभी/एड्स र मानव बेचबिखनबारे सचेतनामूलक कार्यक्रम

सुन्दरहरैंचा । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत निर्माणाधीन काँकरभिट्टा–लौकही सडक आयोजनाको क्रममा मोरङको सुन्दर्हरैंचा नगरपालिकामा एचआईभी/एड्स, यौन रोग तथा मानव बेचबिखनसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। बुधबार सुन्दरहरैंचा उद्योग वाणिज्य संघको सभाहलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र एशियाली विकास बैंक (ADB) को आर्थिक सहयोगमा सञ्चालन भइरहेको राजमार्ग अभिवृद्धि आयोजना अन्तर्गत उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा सुन्दरहरैंचा […]