काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार स्थापना र लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाट नै भएको बताउनुभएको छ । एमालेको ‘राजधानी प्रदेश कमिटी’ ले ४८औँ पुष्पलाल श्रेष्ठ स्मृति दिवसका सन्दर्भमा आज आयोजना गरेको ‘संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणमा संविधान निर्माता मुख्य दलहरूको भूमिका र दायित्व’ विषयक कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान अवस्थामा […]
Author: इष्टखबर संवाददाता
नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बताउनुभएको छ । कर प्रशासनलाई पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउन सके नेपाल ‘ग्रे लिष्ट’ बाट चाँडै बाहिर निस्कने उहाँको विश्वास छ । आन्तरिक राजस्व विभाग, लाजिम्पाटबाट देशभरका विभाग मातहतका कर अधिकृतहरूलाई आज सम्बोधन गर्दै उहाँले सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराधलाई कर […]
यसरी सम्भव छ बाह्रैमास पर्यटन
गण्डकी ।कुनैताका वर्षायाम र मध्य जाडोमा पोखरामा पर्यटकीय गतिविधि शून्य प्रायः हुन्थ्यो । पोखराको निर्भरता मौसमी पर्यटनमा थियो । यहाँको पर्यटन बजारलाई ‘सिजन’ र ‘अफसिजन’मा छुट्टाउने गरिन्थ्यो । अहिले पोखराको पर्यटन कुनै याममा मात्र सीमित छैन । ‘सबै मौसममा पर्यटन’को लक्ष्यतर्फ पोखरा अग्रसर छ । अहिले वर्षात्को बेला छ । पर्यटन व्यवसायी यसलाई ‘अफसिजन’ भन्न […]
दमकमा तीन सवारी एकापसमा ठोक्किँदा साइकलयात्रीको मृत्यु
दमक । झापाको दमकमा कार, मोटरसाइकल र साइकल एकापसमा ठोक्किँदा साइकलयात्रीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार साँझ दमक नगरपालिका–४ स्थित भाइरल रोडको सङ्गम चोक नजिक आम्दाबाट ताराबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ५४८२ नम्बरको कारले सोही दिशातर्फ अघि बढिरहेको साइकललाई ठक्कर दिएको थियो । […]
सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा कर अधिकृत पक्राउ
जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाललाई पक्राउ गरेको छ । आयोगको बर्दिवासबाट खटिएको टोलीले सेवाग्राीसँग घुस लिँदै गरेको अवस्थामा कर अधिकृत पाललाई पक्राउ गरेको आयोगका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिनुभयो । लहानस्थित एक कम्पनीको कर परीक्षणमा सहज गरिदिने भन्दै कर अधिकृत […]





