काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण प्रभावित भएको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी पूरा भएको छ । त्यहाँ खोजी गर्दा कुनै मानिस फेला नपरेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका अनुसार सुरुङ करिब २५० मिटर लम्बाइको रहेकामा खोजी टोली २२५ मिटरसम्म भित्र पुगेको थियो । तर सुरुङमा कोही नभेटिएपछि […]
समाचार
अलकत्रा प्लान्टको धुलो–धुवाँको प्रभावबारे टुण्डी जेभीद्वारा अनुगमन, स्थानीयले मागे स्वास्थ्य शिविर
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका–७ डाँडागाउँमा रहेको अलकत्रा प्लान्टबाट निस्कने धुलो–धुवाँले स्थानीयको स्वास्थ्य तथा वातावरणमा पारेको प्रभावबारे टुण्डी जेभीका प्रतिनिधिले स्थलगत अनुगमन गरेका छन्। अनुगमनपछि स्थानीय बासिन्दा र कम्पनी प्रतिनिधिबीच प्लान्ट सञ्चालन तथा वातावरणीय प्रभावका विषयमा छलफलसमेत भएको छ। छलफलका क्रममा स्थानीयले अलकत्रा प्लान्ट स्थानान्तरण वा बन्द गर्नुपर्ने माग दोहोर्याउँदै धुलो–धुवाँका कारण आँखा, कान, फोक्सो […]
विपदमा सरकारलाई साथ दिने हो : सभापति थापा
ललितपुर । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् व्यवस्थापनमा कमीकमजोरी औँल्याउँदै सरकारलाई साथ दिएर विपद् व्यवस्थापनमा खटिन निर्देश गर्नुभएको छ । भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा कांग्रेसले गरिरहेको काम र अबको योजनाबारे छलफल गर्न आज बोलाइएको बैठकपछि उहाँले विपद्का समयमा तडकभडक र सामाजिक मर्यादा विपरीतका काम नगर्न निर्देशन गर्नुभयो । “विपद् व्यवस्थापनका विषयमा सरकारका कमजोरी […]
ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
मोरङ । मिक्लाजुङ गाउँपालिका–१ सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति भएको दुर्घटनामा ट्याक्टर चालक पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ हंशबारी का २६ वर्षीय शुक्र दमाईँको मृत्यु भएको हो । गम्भीर घाइते भएका सहचालक पाँचथरको मिक्लाजुङ–७ एकरातेका २१ वर्षीय […]
त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए
चितवन । चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा त्रिशूली र नारायणी नदीमा ६४ शव भेटिएका छन् । भेटिएका शव सग्लो र शरीरका अङ्गहरु मात्रै पनि छन् । भेटिएका शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालयमा चितवन प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अनुसार तनहुँमा भेटिएका […]





