सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिकाले कर वृद्धि गरेकाे भन्दै स्थानीय आन्दाेलित भएका छन् । नगरवासीहरुले करवृद्धि विरूद्द संघर्ष समितिनै निर्माण गरेर विराेध जनाईरहेका छन । साे अन्तर्गत आइतबार नगरपालिका गेटमा नाराबाजी गर्दै भिडले राजश्व शाखामा ताला लगाएका छन् । सभामा बाेल्दै वक्ताहरूले नगरपालिकाले नागरिकको आवाजलाई बेवास्ता गरेकाे, संघर्षरत नगरवासीहरु सग छलफल तथा वार्ता गर्न अटेर […]
समाचार
कोशी सरकारविरुद्धको रिटको सुनुवाइ आइतबार हुने
काठमाडौँ । कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ आइतबार हुनेभएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासका लागि तोकिएको आजको पेशी हेर्न नमिल्ने भएपछि सुनुवाइ आइतबारका लागि सरेको हो । न्यायाधीश खतिवडाको एकल इजलासले यही भदौ ७ गते कोशी प्रदेश सरकारका नाममा दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो […]
समाजको आवश्यकता मेरो प्राथमिकता: इन्सपेक्टर दाहाल
बेलबारी । ईलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहालले समाजको आवश्यकतालाई महशुस गरेर आफु अगाडि बढ्ने बताएका छन । शुक्रबार सञ्चारकर्मीसगको कुराकानीमा इन्सपेक्टर दाहालले सो कुरा बताएका हुन । सञ्चारकर्मीसगको अन्तरक्रिया कार्यक्रममा दाहालले हामी प्रहरीहरुले आफ्नो एक वर्षे कार्यकालमा यो यो काम गर्छु भनेर आएको हुँदा पनि यहाँ समाजमा के चल्दैछ र समाजले प्रहरीबाट के […]
सुकुना सामुदायिक हस्पिटलको अध्यक्षमा कार्की
सुन्दरहरैँचा । सुकुना सामुदायिक हस्पिटलकाे अध्यक्षमा गाेविन्द कार्की सर्वसम्मत रूपमा चयन भएका छन् । हस्पिटलको १३ औं साधारण सभाले २९ जना शेयर सदस्यहरु मध्येबाट कार्कीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यस्तै हस्पिटलको सञ्चालक समितिको सदस्यमा नगेन्द्र दाहाल, नवराज चापागाईं, ललितबहादुर श्रेष्ठ , राजेश अग्रबाल , ज्ञानप्रसाद ढकाल तथा बालकृष्ण आचार्य सर्व सम्वत रूपमा चयन […]
महराका छोरा राहुल महरा पक्राउ
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । इलेक्ट्रिक चुरोट भेपमा सुन ल्याएको प्रकरणमा मुछिएका राहुललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज पक्राउ गरेको हो । तस्करी गरेर ल्याएको सुन छुटाउनका लागि राहुल र पूर्वसभामुख महराले पनि संवाद गरेको खुलेको थियो । भेप भित्र ९ किलो सुन लुकाएर ल्याउने तस्करसँग माओवादी उपाध्यक्षसमेत […]





