मोरङ । मिक्लाजुङ गाउँपालिका–१ सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति भएको दुर्घटनामा ट्याक्टर चालक पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ हंशबारी का २६ वर्षीय शुक्र दमाईँको मृत्यु भएको हो । गम्भीर घाइते भएका सहचालक पाँचथरको मिक्लाजुङ–७ एकरातेका २१ वर्षीय […]
समाचार
त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए
चितवन । चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा त्रिशूली र नारायणी नदीमा ६४ शव भेटिएका छन् । भेटिएका शव सग्लो र शरीरका अङ्गहरु मात्रै पनि छन् । भेटिएका शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालयमा चितवन प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अनुसार तनहुँमा भेटिएका […]
माईखोलामा झोलुङ्गे पुलः स्थानीयवासी खुसी
इलाम । माईखोलामा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासी खुसी भएका छन् । इलाम नगरपालिका–८ र १० जोड्ने काइलाटारमा उक्त पुल निर्माण गर्न रु ८४ लाख ७१ हजार ४६० खर्च भएको छ । आर्थिक वर्ष २०८२/०८३ मा कोशी प्रदेश सरकारको लगानीमा १७९ मिटर लम्बाइको झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयलाई आवतजावत गर्न सहज भएको छ । पूर्वाधार […]
जाजरकोेट पहिरोः तीन जनाको मृत्यु, दुई जना बेपत्ता
काठमाडौँ, ३१ साउनः अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना हराइरहेका छन् । पहिरोमा परी घाइते भएका सोही नगरपालिका–२ साल्धाराका ५२ वर्षीय केदार कार्कीको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । बेपत्ता चार जनामध्ये सोही ठाउँकी ५४ वर्षीया उमासिंह खत्री र ८३ वर्षीया […]
सुन्दरहरैंचामा अलकत्रा प्लान्ट हटाउन स्थानीयको १५ दिने अल्टिमेटम
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका–७ डाँडागाउँमा बस्तीको बीचमा सञ्चालनमा रहेको अलकत्रा प्लान्टका कारण जनस्वास्थ्य र वातावरणमा असर परेको भन्दै स्थानीय बासिन्दाले प्लान्ट तत्काल स्थानान्तरण वा बन्द गर्न माग गरेका छन्। डाँडागाउँ टोल समितिको बैठकले प्लान्टबाट निस्कने धुलो, धुवाँ तथा फोहोरका कारण स्थानीयको स्वास्थ्यमा असर पर्न थालेको भन्दै कम्पनी, सुन्दरहरैंचा नगरपालिका र वडा कार्यालयको ध्यानाकर्षण गराएको […]





