विराटनगर । देशका विभिन्न भागमा स्थापना भएका वर्षा मापन केन्द्रमध्ये सबैभन्दा बढी वर्षा मोरङको विराटनगर विमानस्थल केन्द्रमा मापन गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही साउन १८ गते बिहान ८ः४५ देखि साउन १९ गते बिहान ८ः४५ बजेसम्म ४३७ वर्षा मापन केन्द्रमा अभिलेखीकरण भएको विवरणमध्ये ३६५ केन्द्रमा वर्षा भएको र मोरङको […]
समाचार
‘एलपी ग्यासको आपूर्ति केही दिनमै सहज हुन्छ’
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुने जनाएको छ । मन्त्रालयले उपभोक्तालाई अफवाह वा भ्रमपूर्ण सूचनाको पछि नलागी आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न तथा अनावश्यक सञ्चय नगर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीद्वारा मङ्गलबार जारी विज्ञप्तिमा अघिल्ला वर्षको यही अवधिको तुलनामा हाल नियमित […]
जबरजस्ती करणी आरोपमा सुन्दरहरैँचाका एकजना सहित तीन जना पक्राउ
सुन्दरहरैंचा । मोरङको लेटाङ १ स्थित एक रिसोर्टमा महिलालाई नशालु पदार्थ सेवन गराई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-५ बस्ने २५ वर्षीया सोनुमा लिम्बू, केराबारी गाउँपालिका-८ बस्ने ५० वर्षका कमल बहादुर आले मगर र सुन्दरहरैँचा नगरपालिका-१० बस्ने ३८ वर्षका डम्बर खतिवडा रहेका […]
विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए
विराटनगर । मोरङको विराटनगर नाका भइ आर्थिक वर्ष २०८२/८३ मा तेस्रो मुलुकका २१० जना पर्यटक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय विराटनगरले जनाएको छ । उक्त आर्थिक वर्षमा नेपाल भित्रिने पर्यटकमध्ये १३६ जना पुरुष र ७४ जना महिला छन् । सोही आर्थिक वर्षमा विराटनगर नाकाबाट भारतबाहेक तेस्रो मुलुक जाने पर्यटकको सङ्ख्या ३०० रहेको छ । त्यसमध्ये […]
जेसिज सम्मेलनले झापाको पर्यटन र स्थानीय व्यापारमा टेवा पुग्ने विश्वास
भद्रपुर । झापाको चारआलीमा आगामी असोज ९ र १० गते हुने नेपाल जेसिज क्षेत्र ‘क’ सम्मेलनले स्थानीय व्यापार, पर्यटन तथा आर्थिक गतिविधिलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । सम्मेलनमा पूर्वी नेपालका ४६ शाखाबाट करिब ५०० प्रतिनिधिको सहभागिता रहने भएकाले होटल, रेस्टुरेन्ट, यातायात तथा सेवा क्षेत्रमा प्रत्यक्ष आर्थिक प्रभाव पर्ने विश्वास गरिएकोे आयोजकले आज पत्रकार सम्मेलन […]





