कोशी प्रदेश समाचार

जङ्गली हात्तीले कुल्चेर झापामा वृद्धाको मृत्यु

झापा । झापामा जङ्गली हात्तीले कुल्चेर एक वृद्धाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–१० मा आज बिहान जङ्गली हात्तीले कुल्चेर ८० वर्षीया पन्नादेवी साहको मृत्‍यु भएको हो । फूल टिप्न हिँड्ने क्रममा आज बिहान साहलाई हात्तीले कुल्चेको थियो । शवको पाेस्टमार्टमका लागि इलाका प्रहरी कार्यालय धुलाबारीले आवश्यक प्रक्रिया गरिरहेको छ ।

कोशी प्रदेश राजनीति

कोशीमा नयाँ सरकार गठनको आह्वान

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघी बढेको छ । प्रदेश प्रमुख परशुराम खापुङले आईतवार सरकार गठनको आह्वान गरेका हुन । खापुङले ५ दिन समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन् । उनले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मिलीजुली सरकार गठनका लागि आह्वान गरेका हुन् । […]

कोशी प्रदेश समाचार

सुन्दरहरैचामा २५% मात्र धान रोपियो

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका हाल सम्म २५ प्रतिशत मात्र धान रापाइँ भएको हो । नगरको कृषि शाखाले हाल सम्म २५ प्रतिशत अर्थात ६२५ हेक्टर जमिनमा मात्र धान रापाइँ भएको जानकारी दिएको छ । नगरको कृषि शाखा प्रमुख फडिन्द्र भट्टराईका अनुसार नगरमा कुल २५ सय हेक्टर जमिनमा धान रोप्ने गरिएकामा हालसम्म २५ प्रतिशतमात्र धान रोपाइँ […]

कोशी प्रदेश समाचार

क्रसर व्यवसायीले आन्दोलन गर्ने

इटहरी । असार १९ गतेदेखि कोशी र मेचीका क्रसर व्यवसायी आन्दोलित हुने भएका छन । क्रसर उद्योगको नवीकरण सहज रुपमा गर्ने वातावरण तयार गर्न सरकारले अनाकानी गरेको जनाउँदै व्यवसायी आन्दोलित हुने भएका हुन् । सो सम्बन्धी जानकारी दिन इटहरीमा पत्रकार सम्मेलन गर्दै व्यवसायीले कर, दस्तुर, शुल्क लगायतका राजस्व रकम बुझाउन जाँदा पत्रमा नवीकरणको भाषा स्पष्ट […]

कोशी प्रदेश राजनीति

कोशी प्रदेश सरकार ढल्यो

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभामा विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव फेल भएको छ । सदनको विश्वास गुमाएसँगै कोशीबाट कार्की नेतृत्वको सरकार ढलेको छ । कार्की २०७९ पुस २४ मा नियुक्त भई २५ गते शपथ लिएका थिए । विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मत र विपक्षमा ४३ मत खसेको छ । ९३ सदस्यीय कोशी सभामा […]