कोशी प्रदेश समाचार

बेलबारी चिसाङ साझेदारी वन अध्यक्षमा दिनेश गिरी

बेलबारी । बेलबारी चिसाङ साझेदारी वनको साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । बिहीवार बेलाबारी नगरपालिकामा भएको अधिवेशनबाट अध्यक्षमा पुन: दिनेश गिरी विजयी भएका छन । चिसाङ साझेदारी वनमा अध्यक्ष पदमा गठबन्धनबाट दिनेश गिरी र एमालेबाट लक्ष्मी चौधरीको उम्मेद्वारी रहेको थियो । गिरीले ९० मतले चौधरीलाई पराजित गरेका छन । गिरीले १६१ मत पाउदा एमालेका […]

कोशी प्रदेश समाचार

सुन्दरहरैचाको गोठगाउमा म्याजिक पल्टियो

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा दुर्घटना भएको छ । वडा नं ७ स्थित गोठागाउमा को १ ज ३३३१ नम्बरको म्याजिक दुर्घटनामा परेको हो । आज शुक्रवार बिहान पुर्व बाट पश्चिम तर्फ जाँदै गरेको चालक र १ जना यात्रु रहेको म्याजिकले साइकल यात्रीलाई बचाउन खोज्दा अनियन्त्रित भइ पल्टिएको हो ।

कोशी प्रदेश समाचार

सुन्दरहरैचामा हालसम्म २५० वटा सिटिसफारी दर्ता

सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिकाले तीन पाङ्ग्रे ई–रिक्सा (सिटी सफारी) दर्ता प्रक्रिया अगाडी बढाए सँगै सफारीहरु धमाधम दर्ता सुरु भएको छ । सुन्दरहरैचा नगरपालिका आफैले नियमावली तयार गरी दर्ता प्रक्रिया अगाडि बढाएको थियो । अव्यवस्थित रूपमा रहेको ई–रिक्सा सवारी कार्यविधिअनुसार मात्र ई–रिक्सा दर्ता गरी चलाउन पाउने भएको छ । नगरमा रहेका सबै सिटिसफारीलाई दर्ता प्रक्रियामा आउन […]

कोशी प्रदेश समाचार

लागुऔषध सहित ६ जना पक्राउ

बिराटनगर । झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापा स्थित प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले कनकाई नगरपालिका-३ का २४ बर्षीय मनिष वाग्लेलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट २ ग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको […]

कोशी प्रदेश राजनीति

कोशी प्रदेशमा थापालाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय

विराटनगर । सत्ता गठबन्धनको बैठकले कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेस नेता उद्धव थापालाई बनाउन निर्णय गरेको छ । सोमबार काठमाडौंमा बसेको केन्द्रीय नेताहरुको बैठकले थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको सरकारले विश्वासको मत नपाएपछि कांग्रेसबाट थापा, माओवादीबाट इन्द्र आङबोले मुख्यमन्त्रीमा दाबी गरेका थिए ।