सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ७ स्थित गोठगाउमा नक्कली नोट फेला परेको छ । गोठगाउमा रहेको एक शाखा बैंकमा नक्कली नोट फेला परेको हो । एक ग्राहकले उक्त बैंकमा डिपोजिट गर्न ल्याएको रकम मध्ये केही रकम नक्कली रहेको बैंक स्रोतले जनाएको छ ।
Author: इष्ट खबर संवाददाता
सुन्दरहरैँचामा आर्थिक चलखेल नमिल्दा हाकिमको सरुवा, लेखा अधिकृतको जागिर धराप !
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अम्बिकाप्रसाद चौलागाई र लेखा अधिकृत पुण्यप्रसाद ढकाललाई हटाउने चलखेल सुरु भएको पाइएको छ । प्रमुख प्रशासकिय अधिकृत चौलागाईलाई सरुवा लिएर जान दबाब दिएको र लेखा अधिकृत पुण्यप्रसाद ढकाललाई पुर्ण रुपमा जागिर छाड्न दबाब दिएको पालिका स्रोतको दाबी छ । नगरमा आफू अनुकुल आर्थिक चलखेलमा सहयोग नगरेको भन्दै […]
सांसद शर्माको प्रस्तावः माओवादीसँगको गठबन्धन तोडेर कांग्रेस नेतृत्वमा सरकार बनाउँ
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले अब कांग्रेसको नेतृत्वमा सरकार बनाउँन प्रस्ताव अघि सारेका छन् । कांग्रेस महासमिति सदस्यसमेत रहेका सांसद शर्माले फागुन ७ गतेबाट सुरु हुने कांग्रेस महासमिति बैठकमा पेश गर्न लागेको १३ बुँदे प्रस्ताव आज काठमाडौंमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै यस्तो प्रस्ताव अघि सारेका हुन् । भ्रष्टाचार नियन्त्रण र सुशासन, निर्वाचन प्रणाली […]
सुन्दरहरैंचामा श्रीमतीद्वारा पतिको हत्या
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा शुक्रबार राती एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन । वडा नं १० स्थित त्रिवेणे चौक पुर्व पट्टी रहेको वरपिपल चौक बस्ने ५५ वर्षिय गंगाबहादुर दनुवारको मृत्यु भएको हो । शुक्रबार राती करिब ८ बजे आफ्नै घरमा घरायसी विवाद हुदा ४० वर्षिय श्रीमती विना दनुवारले श्रीमान गंगाबहादुर दनुवारलाई धकेल्दा श्रीमान […]
बेलबारीमा बेवारिसे शव फेला
बेलबारी । मोरङको बेलबारी नगरपालिकामा शुक्रबार एक पुरुषको बेवारिसे शव फेला परेको छ । बेलबारी नगरपालिका वडा नं १ मा अन्दाजी ६० वर्षको पुरुस्सको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले तत्काल पहिचान हुन नसकेको जनाएको छ । ईलाका प्रहरी कार्यालय बेलबारीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।





