बाजुरा । बूढीनन्दा नगरपालिकामा भिरबाट खसेको ढुङ्गा लागेर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–३ बडालाकी ३७ वर्षीया धर्मा विष्ट रहेको जनाइएको छ । गाउँ नजिकै रहेको देउपानी मेलामा घाँस काट्न गएका बेला भीरबाट ढुङ्गा खसेर टाउकोमा लागेपछि उनको मृत्यु भएको हो । घाँस काट्दै गरेका बेला एक्कासि भिरबाट ढुङ्गा खसेर […]
Author: इष्ट खबर संवाददाता
सुन्दरहरैंचा पत्रकार समूहको अध्यक्षमा निरौला
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचास्थित सुन्दरहरैंचा पत्रकार समूहको अध्यक्षमा बाबुराम निरौला चयन भएका छन् । बुधबार भएको समूहको पहिलो वार्षिक साधारणसभाले निरौलालाई सर्वसम्मत रूपमा नयाँ कार्यसमितिको अध्यक्ष चयन गरेको हो । यसैगरी उपाध्यक्षमा खेमचन्द्र अधिकारी, सचिव राजन पोखरेल, सह–सचिव ज्ञाननाथ ढकाल र कोषाध्यक्षमा कृष्णचन्द्र सुवेदी चयन भएका छन् । समूहको सदस्यहरूमा गणेश मिश्र, शोभा घिमिरे र […]
एनसेल प्रकरण: उच्चस्तरीय छानबिन समिति गठन
काठमाडौँ । सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको हो । समितिलाई एक महिनाभित्र प्रतिवेदन पेस गर्ने समयावधीसमेत दिइएको छ । समितिका सदस्यहरुमा नेपाल सरकारका सचिव […]
विराटनगर आगलागी: मृतकको संख्या तीन पुग्यो
विराटनगर । विराटनगर महानगरपालिका–७ सातघुम्तीमा रहेको कवाडी पसलमा आगलागी हुँदा मृत्यु हुनेकाे संख्या तीन पुगेकाे छ । बुधबार दिउँसो भएको आगलागीमा परी एक जनाकाे घटनास्थलमै र अर्का एक जनाकाे न्यूराे अस्पतालमा मृत्यु भएको थियाे । थप उपचारका लागि काठमाडौं पठाइएका गम्भीर घाइतेमध्ये एक जनाकाे बुधबार राति मृत्यु भएको हाे । कवाडी पसलमा अचानक आगलागी हुँदा […]
लक्ष्मीमार्ग महोत्सव: आज रचना रिमालको प्रस्तुती रहने
बेलबारी । मोरङको बेलबारी नगरपालिका स्थित लक्ष्मीमार्गमा जारी लक्ष्मीमार्ग महोत्सवमा आज गायिका रचना रिमालको प्रस्तुती रहने छ । स्थानीय कला संस्कृती तथा स्थानीय उत्पादनलाई प्रवर्दन गर्ने उदेश्यका साथ सोमबार देखि शुरु भएको लक्ष्मीमार्ग सांस्कृतिक तथा औद्योगिक महोत्सवमा आज चौथो दिन गायिका रचना रिमालको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । १४ दिन सम्म सञ्चालनमा आउने […]





