मुख्य समाचार समाचार

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भू–भागमा सरदरभन्दा उत्तरतर्फ तथा पूर्वी भू–भागमा सरदर स्थानको आसपासमा छ । देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा […]

मुख्य समाचार समाचार

बिर्तामोड खानेपानीका ११ हजार धाराबाट २४सै घण्टा शुद्ध पानी

भद्रपुर । यहाँको बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले हाल ११ हजार धारामार्फत करिब एक लाख जनसङ्ख्यालाई २४सै घण्टा शुद्ध खानेपानी उपलब्ध गराउँदै आएको जनाएको छ । ‘स्वच्छ खानेपानी, स्वस्थ र सभ्य नागरिक’ भन्ने मूल नारासहित आज आयोजित एक कार्यक्रममा संस्थाले हालसम्मका उपलब्धि र भावी योजना सार्वजनिक गरेको हो । संस्थाका अध्यक्ष मेघराज […]

मुख्य समाचार समाचार

सीमावर्ती क्षेत्रको समस्या पहिचान भइसक्यो, समाधान गर्नेछौँः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले देशको दक्षिणी सीमा क्षेत्रमा स्थलगत अध्ययन र ‘स्ट्रिङ्ग अपरेसन’ गरेर समस्या पहिचान भइसकेकाले सरकार अब समस्या समाधान गर्नेतर्फ अग्रसर भइरहेको बताउनुभएको छ । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा दक्षिणी सीमा क्षेत्रका नागरिकको शान्ति, सुरक्षाका सम्बन्धमा सांसदहरूले राख्नुभएको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री गुरुङले सीमावर्ती क्षेत्रमा देखिएका समस्या […]

मुख्य समाचार समाचार

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका-१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज दिउँसो करिब ३ः२० बजेको समयमा रोयल फर्मासिटीकल्स उद्योगको दोस्रो तल्लामा ‘एयर कन्डिस्नर (एसी)’ को ‘कुलिङ ग्यास’ भर्ने क्रममा सिलिण्डर पड्किएको थियो । सिलिण्डर पड्किँदा […]

मुख्य समाचार समाचार

खैरो हेरोइनसहित चार जना पक्राउ

भद्रपुर । शिशुको डाइपरभित्र लुकाएर ल्याइएको खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन् । उनीहरु बिहीबार साँझ भद्रपुर नगरपालिका–५ स्थित बसपार्क क्षेत्रबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार भारतको किशनगञ्ज जिल्ला वडा नं १२ बस्ने मोहित आलम, उनकी श्रीमती जेनेतुन खातुन, छोरा सोहेल आलम तथा सोही अटोमा सवार मोहम्मद तजरुल रहेका छन् । […]