मुख्य समाचार स्वास्थ्य

बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै

नेपालगञ्ज । बाँकेको दुर्गम मानिने र स्वास्थ्य सेवाको न्यून पहुँच रहेको नरैनापुर गाउँपालिकामा बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने महिलाको सङ्ख्या बढ्दै गएको छ । केही समयअघिसम्म घरमै सुत्केरी गराउने महिला अहिले गाउँमै स्थापना गरिएका बर्थिङ सेन्टरमा पुगेर सुत्केरी सेवा लिन थालेको गाउँपालिकाले जनाएको छ । नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले केही वर्षपहिलेसम्म नरैनापुरका अधिकांश […]

मुख्य समाचार समाचार

मन्त्रिपरिषद्द्वारा मिटरब्याज पीडितसँग भएको सहमति अनुमोदन

काठमाडौँ । यही साउन १ गते मिटरब्याज (अनुचित लेनदेन) पीडितसँग सरकारले गरेको सहमति अनुमोदन गर्दै उनीहरूसँग सम्बन्धित फर्जी लिखतहरू तत्काल लागू हुनेगरी अवैध घोषणा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले त्यस्तो निर्णय गरेको हो । त्यसैगरी बैठकले गणेश नेपालीको आत्मदाह घटनाको सत्यतथ्य छानबिन गर्न न्यायिक छानबिन समिति […]

कर्णाली प्रदेश मुख्य समाचार

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

कर्णाली । आमनेपालीले जुम्लामा उत्पादन भएका स्याउ रुचाउन थालेका छन् । चिकित्सक स्याउलाई उच्चकोटीको फल मान्दछन् । स्याउको बोक्रा नतासिकन खाँदा पर्याप्तमात्रामा फाइबार पाइने भएकाले पेटसम्बन्धी रोग नलाग्ने बताइन्छ । जुम्लामा गत आव २०८२÷८३ मा एक करोड ८२ लाख ४५ हजार केजी स्याउ उत्पादन भएको थियो । उत्पादनको झन्डै ७० प्रतिशत स्याउ नेपाली बजारमानै खपत […]

कोशी प्रदेश मुख्य समाचार समाचार

संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता

भद्रपुर । बिर्तामोड नगरपालिकाले सडकको क्षेत्राधिकार मिचेर बनाइएका अनधिकृत संरचना हटाउन १५ दिने अन्तिम म्यादसहित पुनः ताकेता गरेको छ । नगरपालिकाले सोमबार दोस्रोपटक सार्वजनिक सूचना जारी गर्दै बिर्तामोड र अर्जुनधारा नगरपालिकाको सिमाना पर्ने महानन्द चोकदेखि मुक्तिचोक हुँदै देवनियासम्मको सडक क्षेत्रभित्र पर्ने भौतिक संरचना १५ दिनभित्र आफैँ हटाउन अनुरोध गरेको हो । सडक विभागको समन्वयमा नापजाँच […]

मुख्य समाचार समाचार

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ः०० बजे बस्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ः०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको जानकारी दिनुभयो ।