बिराटनगर । झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापा स्थित प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले कनकाई नगरपालिका-३ का २४ बर्षीय मनिष वाग्लेलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट २ ग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको […]
समाचार
कोशी प्रदेशमा थापालाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय
विराटनगर । सत्ता गठबन्धनको बैठकले कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेस नेता उद्धव थापालाई बनाउन निर्णय गरेको छ । सोमबार काठमाडौंमा बसेको केन्द्रीय नेताहरुको बैठकले थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको सरकारले विश्वासको मत नपाएपछि कांग्रेसबाट थापा, माओवादीबाट इन्द्र आङबोले मुख्यमन्त्रीमा दाबी गरेका थिए ।
जङ्गली हात्तीले कुल्चेर झापामा वृद्धाको मृत्यु
झापा । झापामा जङ्गली हात्तीले कुल्चेर एक वृद्धाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–१० मा आज बिहान जङ्गली हात्तीले कुल्चेर ८० वर्षीया पन्नादेवी साहको मृत्यु भएको हो । फूल टिप्न हिँड्ने क्रममा आज बिहान साहलाई हात्तीले कुल्चेको थियो । शवको पाेस्टमार्टमका लागि इलाका प्रहरी कार्यालय धुलाबारीले आवश्यक प्रक्रिया गरिरहेको छ ।
कोशीमा नयाँ सरकार गठनको आह्वान
विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघी बढेको छ । प्रदेश प्रमुख परशुराम खापुङले आईतवार सरकार गठनको आह्वान गरेका हुन । खापुङले ५ दिन समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन् । उनले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मिलीजुली सरकार गठनका लागि आह्वान गरेका हुन् । […]
विदेश जानुभन्दा कृषि कर्मबाट अवसर खोज्न सकिने : अध्यक्ष ओली
चितवन । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा हासिल गरिसकेपछि रोजगारीको अवसरका लागि विदेशिनुभन्दा नेपालमा नै अवसर भएको बताएका छन । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा आज आयोजना गरिएको कृषि उद्यमबाट संवृद्धि विषयक कार्यक्रममा उनले नेपालमा केही हुँदैन भनेर विदेश जानुभन्दा कृषि कर्मबाट अवसर खोज्न सकिने बताए । विद्यार्थी र ओलीबीच प्रश्नोत्तर […]





