काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा हालै भएको घटना र त्यसपछि उत्पन्न शान्ति–सुरक्षाको परिस्थितिबारे सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिनुभएको छ । प्रधानमन्त्री शाहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेटी सुनसरीको पछिल्लो वस्तुस्थिति, सुरक्षा चुनौती तथा सम्भावित जोखिमबारे विस्तृत जानकारी लिनुभएको प्रधानमन्त्रीका प्रेस तथा […]
समाचार
सुन्दरहरैंचामा हायसको ठक्करबाट साइकलयात्री महिला घाइते
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका–९ स्थित बुधबारे बजार क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गमा हायसको ठक्करबाट एक महिला घाइते भएकी छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र.१–०१–००१ ज ४१५६ नम्बरको हायसले बाटो क्रस गर्दै गरेकी साइकलयात्री महिलालाई ठक्कर दिएको हो । घाइते महिलाको स्थानिय सुकुना सामुदायिक हस्पिटलमा उपचार भइरहेको छ।
कांग्रेस नेता श्रेष्ठको निधन
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ । उहाँको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा आज निधन भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो । नेता श्रेष्ठको शव भोलि बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि शव यात्रासहित पशुपति आर्यघाटमा दाहसंस्कारका लागि लगिने पार्टी कार्यलयले जनाएको छ ।
खुकुरीसहित आक्रमणको प्रयास गर्ने चार युवक पक्राउ
भद्रपुर । सामान्य फोन विवादले उग्र रूप लिँदा झापाको झापा गाउँपालिकामा खुकुरी र छुरीसहित एक युवकमाथि आक्रमणको प्रयास गरेको आरोपमा चार युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार शनिबार राति झापा गाउँपालिका–५ का २६ वर्षीय सुरेश हेमरममाथि आक्रमण गर्ने उद्देश्यले झापा गाउँपालिका–६ शरणामति चन्द्रबस्तीका […]
राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु
दाङ । राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर खत्रीका अनुसार राजपुर गाउँपालिका— २ पीपलडाँडाका १३ वर्षीय दिपेश चौधरीको मृत्यु भएको हो । बेलास्थित दुर्गा सामुदायिक वनमा शनिबार माटो लिन गएका उनी ढिस्कोमा पुरिएका थिए । निजलाई उद्धार गरी अस्पताल पु¥याएकामा चिकित्सकले उनलाई मृत घोषणा […]





