मुख्य समाचार समाचार

रुपा गाउँपालिकाको कृषि तथा पशु सेवा शाखा भवन उद्घाटन

गण्डकी । कास्कीको रुपा गाउँपालिकाले कृषि तथा पशु सेवा शाखा कार्यालयका लागि छुट्टै भवन निर्माण गरेको छ । गाउँपालिकाको वडा नं ६ फालभञ्ज्याङमा नवनिर्मित उक्त भवनको बिहीबार गाउँपालिकाका अध्यक्ष नवराज ओझाले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले गाउँपालिकाभित्र कृषि उत्पादन वृद्धिका लागि प्राथमिकताका साथ बजेट विनियोजन गरिएको बताउनुभयो । कृषि तथा पशु सेवा शाखा प्रमुख […]

मुख्य समाचार राजनीति

कांग्रेसमा सबैलाई मिलाएर लैजानुपर्नेछ : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताउनुभएको छ । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ४४औँ बिपी स्मृति दिवसको अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले मुलुकको पछिल्लो परिस्थितिअनुसार नयाँ चिन्तन र सोचलाई पनि आत्मसाथ गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । पार्टीमा भित्र […]

मुख्य समाचार समाचार

अभियन्ता वेदिका केसी पक्राउ

काठमाडौँ । प्रहरीले अभियन्ता वेदीका केसीलाई पक्राउ गरेको छ । केसीलाई बिहीबार पक्राउ गरिएको हो । ब्युरोले उनी विरुद्ध विद्युतीय कसुर सम्बन्धी मुद्दामा म्याद लिएर अनुसन्धान थालेको छ । आफूलाई धर्मभित्रको गलत प्रवृत्तिको भण्डाफोर गर्ने अभियन्ताको रूपमा चिनाउने वेदीका पछिल्लो समय चर्चामा थिइन् । उनी विरुद्ध कथावाचिका राधिका दासीले उजुरी गरेको बताइएको छ । 

मुख्य समाचार राजनीति

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार स्थापना र लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाट नै भएको बताउनुभएको छ । एमालेको ‘राजधानी प्रदेश कमिटी’ ले ४८औँ पुष्पलाल श्रेष्ठ स्मृति दिवसका सन्दर्भमा आज आयोजना गरेको ‘संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणमा संविधान निर्माता मुख्य दलहरूको भूमिका र दायित्व’ विषयक कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान अवस्थामा […]

मुख्य समाचार समाचार

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बताउनुभएको छ । कर प्रशासनलाई पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउन सके नेपाल ‘ग्रे लिष्ट’ बाट चाँडै बाहिर निस्कने उहाँको विश्वास छ । आन्तरिक राजस्व विभाग, लाजिम्पाटबाट देशभरका विभाग मातहतका कर अधिकृतहरूलाई आज सम्बोधन गर्दै उहाँले सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराधलाई कर […]