मुख्य समाचार समाचार

आधुनिक कृषि यन्त्र र प्रविधि एकै थलोमा

काठमाडौँ । मुलुकको कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रीकरण र व्यावसायीकरण गर्ने उद्देश्यले आगामी मङ्सिर पहिलो साता यहाँ ‘अन्तरराष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी’ हुने भएको छ । ‘कृषिमा यन्त्र र प्रविधिः कृषक र राष्ट्रको समृद्धि’ भन्ने नारासहित कृषि, वन तथा पर्यावरण मन्त्रालय, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र र नेपाल कृषि मेशिनरी व्यवसायी सङ्घको संयुक्त आयोजनामा […]

मुख्य समाचार समाचार

बाढीपहिरोले छ राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोले छ वटा मुख्य राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी, कान्ति लोकपथ, मेची राजमार्ग, सालझन्डी ढोरपाटन, अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो । यसैगरी, बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ । […]

कोशी प्रदेश मुख्य समाचार

ब्राउन सुगरसहित एक जना पक्राउ

भद्रपुर । झापाको बिर्तामोडबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीको संयुक्त टोलीले निजलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा भारतको पश्चिम बङ्गाल राज्य, दार्जिलिङ जिल्ला, खोरीबारी ग्रामपञ्चायत बस्ने ३४ वर्षीय कमल बर्मन रहेका जिल्ला प्रहरी […]

अन्तराष्ट्रिय मुख्य समाचार

भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो

गत महिना भेनेजुएलामा गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघेको छ । पुनर्निर्माणका लागि अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले ३४ करोड ६० लाख अमेरिकी डलर उपलब्ध गराएको अधिकारीहरूले शनिबार बताएका छन् । गत जुन २४ मा एक मिनेटको अन्तरालमा सात दशमलव दुई र सात दशमलव पाँच म्याग्निच्युडका दुई भूकम्प जाँदा राजधानी काराकासको […]

मुख्य समाचार स्वास्थ्य

क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट

नेपालगन्ज । बाँकेको खजुरा बजारमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको छ । जडान भएर पनि लामो समयदेखि सञ्चालनमा नआएको सो अक्सिजन प्लान्ट शुक्रबारदेखि सञ्चालनमा ल्याइएको अस्पतालका कार्यकारी निर्देशक डा निरज भट्टराईले जानकारी दिनुभयो । बीस किलोलिटर क्षमता भएको प्लान्टमा १८ किलोलिटर लिक्विड अक्सिजन भरेर सञ्चालनमा ल्याइएको हो । अस्पतालको […]