बागमती प्रदेश स्वास्थ्य

हेटौंडामा केएमसीको नि:शुल्क स्वास्थ्य शिविर

मकवानपुर। काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले मकवानपुरको हेटौंडामा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । हेटौंडास्थित हेटौंडा स्कुल अफ म्यानेजमेन्टसँग सहकार्य गरेर केएमसीले दुई दिने शिविर आयोजना गरेको हो । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले शिविर उद्घाटन गरेकी छन् । शिविर उद्घाटन गर्दै मेयर लामाले गरिब तथा विपन्न बिरामीलाई शिविरले निकै फाइदा पुर्याउने विश्वास […]

स्वास्थ्य

सुन्दरहरैंचामा सार्वजनिक सवारी चालकलाई नि:शुल्क स्वास्थ्य सेवा

सुन्दरहरैंचा । कोसी प्रदेशका १४ वटै जिल्लालाई लक्षित गरेर मंगलबार देखि २०८० सालको ट्राफिक सप्ताह सुरु भएको छ । सडकमा लेन अनुशासनको पालना गराउने र सवारी दुर्घटना न्यूनीकरण गर्ने उदेश्य सहित प्रदेश राजधानी विराटनगरमा सप्ताहको भव्य उद्घाटन संगै तेश्रो दिन सुन्दरहरैंचामा सार्वजनिक सवारी चालकलाई नि:शुल्क स्वास्थ्य सेवा संचालन भएको थियो । सवारी साधन दुर्घटना बढेपछि […]

स्वास्थ्य

नोबेलमा २७ दिनको नवजात शिशुको जटिल शल्यक्रिया

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा नवजात शिशुको जटिल शल्यक्रिया गरिएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–६ की गीता मेहताको कोखबाट जन्मिएको २७ दिनको नवजात शिशुको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको हो । बच्चामा जन्मजात देखिएको जटिल एवं दुर्लभ मानिने कनजेनिटल डायफ्रामाटिक हर्नियाको सफलतापूर्वक शल्यक्रिया गरिएको नोबेल अस्पतालका बाल तथा नवजात शिशु सर्जन डा.संजयकुमार शाहले जानकारी दिए […]

स्वास्थ्य

जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण

पथरी / पथरी शनिश्चरे वडा नं। ५ मा जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको छ । हसन्दह स्वास्थ्य चौकीका प्रमुख र स्वास्थ्यकर्मीहरुको उपस्थितिमा वडाका जेष्ठ नागरिहरुको स्वास्थ्य परीक्षण गरिएको वडा सदस्य तथा कार्यपालिका सदस्य तुलशा कार्की (मुना) ले जानकारी दिनुभयो । आज साविक हसन्दह ५ का अमात टोल, गुराँस टोल, सुगा बजार, त्रिवेणी चौक, विहानी चौकका […]

स्वास्थ्य

बेलबारीका संजय र हेमन्तले प्रदेश प्रहरी अस्पताललाई दिए स्वास्थ्य सामाग्री

बेलबारी । मोरङको बेलबारीका दुई समाजसेवीले कोशी प्रदेश प्रहरी अस्पताल बेलबारीलाई केही स्वास्थ्य सामाग्री प्रदान गरेका छन । बेलबारी ३ का समाजसेवी संजय सुवेदी र हेमन्त गुरुङले बुधबार अस्पताल प्रमुख प्रा.प्र.ना.उ. डा. सरोज सिंहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन । अस्पतालले दिएको जानकारी अनुसार Thermometer १६ थान, Pulse Oximeter ९ थान, Respirator Rate Timer ७ […]