काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि आर्थिक, सामाजिक र मानवीय विकासका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसका अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानले आज कीर्तिपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले गणतन्त्रका उपलब्धिको रक्षार्थ प्रगतिशील शक्ति एकजुट हुनुपर्ने बताउनुभयो […]
राजनीति
बागमती प्रदेश सरकारबाट एमाले बाहिर
काठमाडौँ । बागमती प्रदेश सरकारबाट नेकपा (एमाले) का बाहिरिएको छ । एमालेका प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले पत्रमार्फत मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई आफ्नातर्फका मन्त्रीहरूको संयुक्त राजीनामा पेस गर्नुभएको हो । प्रदेश सरकारहरूमा गठनबन्धन उलटपुलटबारे विभिन्न दलहरूबीच शीर्ष तहमा संवाद चलिरहेका बेला एमालेले बागमतीका सम्बन्धमा यस्तो निर्णय लिएको हो । नेता थपलियाको पत्रमा एमालेको निर्णय र […]
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले पार्टी फुटाउन होइन, जोड्न एकता कायम गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस, भरतपुर महानगर समितिले आज यहाँ आयोजना गरेको ४४औँ बिपी स्मृति दिवसका अवसरमा उहाँले सो धारणा राख्नुभएको हो । यहाँ आयोजित वृक्षरोपण कार्यक्रम पछि उहाँले स्थानीय पत्रकारसँग कुराकानी गर्दै मुलुकको विकासका लागि कांग्रेस फुट्नु […]
रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को बागलुङ जिल्ला कार्यसमिति ‘जिल्ला अधिवेशन कार्यविधि’मा तोकिएको प्रक्रिया पालना नगरी सम्पन्न भएको ठहर गर्दै केन्द्रीय निर्वाचन आयोगले सो जिल्ला समिति पूर्णरुपमा बदर गरेको छ । अधिवेशन सञ्चालनको प्रक्रियासम्बन्धी प्राप्त उजुरी, उपलब्ध तथ्य, प्रमाण तथा सम्बन्धित पक्षबाट प्राप्त स्पष्टीकरणको परीक्षण र अध्ययन गरी तोकिएको प्रक्रिया पालना नगरी अधिवेशन सम्पन्न भएको […]
एमालेसँगको सहकार्य तोड्दै काङ्ग्रेस
काठमाडौं । नेपाली कांग्रेसले सातवटै प्रदेशमा नेकपा एमालेसँगको सहकार्य तोड्ने भएको छ । प्रदेश सरकारहरूमा नेकपा एमालेले देखाएको व्यवहार ठिक नभएको भन्दै कांग्रेसले सबै प्रदेशबाट आफ्नो पार्टीका मन्त्री फिर्ता बोलाउने भएको हो । पार्टी स्रोतका अनुसार, शीर्ष नेताहरूबीच निरन्तर भएको छलफलमा सहमति जुट्न नसकेपछि एमालेसँगको सहकार्यबाट कांग्रेस पछि हट्ने भएको हो ।





