मुख्य समाचार समाचार

संविधान प्राप्तिको ११ वर्षः सीमान्तकृत समुदायको पहुँच बढ्यो

भद्रपुर । झापाको भद्रपुर नगरपालिका–७ का ७३ वर्षीय राजवंशी समुदायका अगुवा फूलसिंह राजवंशीलाई संविधान जारी भएपछि आफ्नो समुदायमा केही सकारात्मक परिवर्तन भएको महसुस हुन्छ । राज्यका विभिन्न तहमा आफ्नै समुदायका मानिस जनप्रतिनिधिका रूपमा पुग्नु र आफ्ना कुरा राख्ने अवसर बढ्नु उनका लागि महत्त्वपूर्ण परिवर्तन हो । शिक्षा, रोजगारी र आर्थिक अवस्थालाई हेर्दा संविधानले दिएको अधिकार […]

मुख्य समाचार समाचार

भोटेकोशी बाढीः बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले गरे अन्त्येष्टि

कास्की । भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि कुनै खबर नआएपछि पोखरा महानगरपालिका–५ प्रस्र्याङकी २२ वर्षीया सृष्टि बास्तोलाको बिहीबार अन्तिम संस्कार गरिएको छ । काठमाडौँ विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत सृष्टि भदौ ९ गते अन्य दुई साथीसँग नुवाकोटस्थित अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा इन्टर्नसिपका लागि पुगेकी थिइन् । त्यसको भोलिपल्ट आएको विनाशकारी बाढीमा परेपछि […]

मुख्य समाचार समाचार

तनहुँका तीन ठूला सडक अलपत्र

दमौली । निर्माण सुरु भएको लामो समय भए पनि यहाँका तीन सडक आयोजना रुग्ण बनेका छन् । आयोजना अलपत्र भएपछि सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । गण्डकी प्रदेश सरकारको लगानीमा निर्माण सुरु गरिएका ती सडकलाई समस्याग्रस्त आयोजनामा राखिएको पूर्वाधार विकास कार्यालय तनहुँका सूचना अधिकारी किरण श्रेष्ठले जानकारी दिए । भानुमार्ग चन्द्रावती पिलिमार्ग कुन्छा कालीमाटी सडक, […]

मुख्य समाचार समाचार

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले यस वर्ष पनि जिब्रो छेड्ने भएका छन् । पाँचौँपटक जिब्रो छेडेर लोपोन्मुख अवस्थामा पुगिसकेको जात्रा एवं परम्परालाई जीवन्त राख्न उनी तयार भएका हुन् । यही असोज १० गते शनिबार येँया पुन्हिःका दिन जिब्रो छेडेर जात्रालाई निरन्तरता दिने उनले जानकारी दिए । विगतमा जात्रा नियमित […]

मुख्य समाचार समाचार

लेदुवा खोलाको पुल सात वर्ष देखि अधुरै

सुनसरी । धरान उपमहानगरपालिका–५ स्थित देवीगाउँको लेदुवा खोलामा निर्माणाधीन पुल सात वर्षदेखि अधुरै छ । पुल निर्माण सम्पन्न नहुँदा धरान–४ र ५ का स्थानीयवासी र विद्यार्थीले बर्खायाममा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता छ । धरान–५ का दीपक मगर भन्छन्, “पानी पर्छ, बाढी आउँछ । स्कुल हिँडेका विद्यार्थी बर्खामा खोला बढेपछि पानी घट्ने प्रतीक्षामा घण्टौँ खोलाको […]