मुख्य समाचार समाचार

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका-१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज दिउँसो करिब ३ः२० बजेको समयमा रोयल फर्मासिटीकल्स उद्योगको दोस्रो तल्लामा ‘एयर कन्डिस्नर (एसी)’ को ‘कुलिङ ग्यास’ भर्ने क्रममा सिलिण्डर पड्किएको थियो । सिलिण्डर पड्किँदा […]

मुख्य समाचार समाचार

खैरो हेरोइनसहित चार जना पक्राउ

भद्रपुर । शिशुको डाइपरभित्र लुकाएर ल्याइएको खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन् । उनीहरु बिहीबार साँझ भद्रपुर नगरपालिका–५ स्थित बसपार्क क्षेत्रबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार भारतको किशनगञ्ज जिल्ला वडा नं १२ बस्ने मोहित आलम, उनकी श्रीमती जेनेतुन खातुन, छोरा सोहेल आलम तथा सोही अटोमा सवार मोहम्मद तजरुल रहेका छन् । […]

मुख्य समाचार समाचार

झापामा सात लाख ६१ हजार मेट्रिक टन खाद्यान्न उत्पादन

झापा । जिल्लाभर गत आर्थिक वर्ष २०८२/८३ मा सात लाख ६१ हजार ४३३ मेट्रिक टन खाद्यान्न उत्पादन भएको छ । पछिल्ला वर्षमा खेतीयोग्य जग्गाको क्षेत्रफलसँगै खाद्यान्न उत्पादन लगातार घट्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत आवमा वर्षे, चैते धान, मकै, कोदो, फापर, गहुँ र जौ गरी सात प्रकारका खाद्यान्न बाली उत्पादन भएका हुन् […]

मुख्य समाचार समाचार

रुपा गाउँपालिकाको कृषि तथा पशु सेवा शाखा भवन उद्घाटन

गण्डकी । कास्कीको रुपा गाउँपालिकाले कृषि तथा पशु सेवा शाखा कार्यालयका लागि छुट्टै भवन निर्माण गरेको छ । गाउँपालिकाको वडा नं ६ फालभञ्ज्याङमा नवनिर्मित उक्त भवनको बिहीबार गाउँपालिकाका अध्यक्ष नवराज ओझाले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले गाउँपालिकाभित्र कृषि उत्पादन वृद्धिका लागि प्राथमिकताका साथ बजेट विनियोजन गरिएको बताउनुभयो । कृषि तथा पशु सेवा शाखा प्रमुख […]

मुख्य समाचार समाचार

अभियन्ता वेदिका केसी पक्राउ

काठमाडौँ । प्रहरीले अभियन्ता वेदीका केसीलाई पक्राउ गरेको छ । केसीलाई बिहीबार पक्राउ गरिएको हो । ब्युरोले उनी विरुद्ध विद्युतीय कसुर सम्बन्धी मुद्दामा म्याद लिएर अनुसन्धान थालेको छ । आफूलाई धर्मभित्रको गलत प्रवृत्तिको भण्डाफोर गर्ने अभियन्ताको रूपमा चिनाउने वेदीका पछिल्लो समय चर्चामा थिइन् । उनी विरुद्ध कथावाचिका राधिका दासीले उजुरी गरेको बताइएको छ ।